काठमाडौं। आगामी कार्तिक ९ गतेदेखि २० गतेसम्म पोखरा प्रिमियर लिग (पीपीएल) टि—२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
क्विन्स इभेन्ट म्यानेजमेन्टले आयोजना गर्न लागेको यो प्रतियोगिताको सम्पुर्ण खेल पोखराको कास्की क्रिकेट मैदानमा खेलाइने आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो । फ्रेन्चाईज आधारित प्रतियोगितामा टोलीको नाम भने देशका प्रख्यात शहरहरु बाट रहनेछ । टि—२० क्रिकेटमा ६ वटा फ्रेन्चाइज टिम रहनेछ ।
यसअघि सम्पन्न एभरेष्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिग बाहेकका अन्य ३ शहरहरुको प्रतियोगितामा सहभागिता रहनेछ । प्रतियोगिताका लागि खेलाडी छनोट अक्सन प्रक्रियाबाट गरिनेछ ।
प्रतियोगिताका लागि खेल मैदान र पिच तयार गर्न भारतबाट क्युरेटर ल्याइने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसअघि काठमाडौंमा भएको एभरेष्ट प्रिमियर लिगको विजेताले २१ लाख र धनगढीमा भएको धनगढी प्रिमियिर लिगको विजेताले २५ लाख पाएको थियो । पुरस्कार राशीबारे केही बताइएको छैन । तर, सर्वाधिक बनाउने प्रयास हुने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया