विश्वमा ६ करोड ८५ लाख व्यक्ति विस्थापितः संयुक्त राष्ट्रसंघ

विदेश। विश्वका विभिन्न देशमा जारी द्धन्द्ध, हिंसा र अत्याचारका कराण सन् २०१७ को अन्त्यसम्ममा ६ करोड ८५ लाख    व्यक्ति विस्थापित भएको संयुक्त राष्ट्रसंघले बताएको छ । 

यस प्रकार सर्वसाधारण आफ्नो देश या इलाकाबाट विस्थापित हुनेमा प्रायः म्यानमार र सिरियाका धेरै नागरिक रहेका छन् । सन् २०१७ को अन्त्यसम्ममा विश्वभरबाट विस्थापित हुने व्यक्तिको संख्या अघिल्लो वर्षको तुलनामा ३० लाखले बढेको संयुक्त राष्ट्रसंघले जारी गरेको प्रतिवेदनमा जनाइएको छ ।

यसरी विस्थापित भएका व्यक्तिको गएको एक दशक यताको हिसाब गर्ने हो भने उक्त अवधिमा करिब ५० प्रतिशतले नै बृद्धि भएको पाइएको छ । एक दशकमात्र अघि यो संख्या ४ करोड २७ लाख रहेको बताइएको छ ।  विस्थापितहरुको यो संख्या १० वटा देशको मात्र भएको जेनेभामा प्रतिवेदन प्रस्तुत गर्ने क्रममा संयुक्त राष्ट्रसंघीय उच्च शरणार्थी आयोगका आयुक्त फिलिपो ग्रान्डीले बताए ।

 सिरियामा ७ वर्षसम्म जारी द्धन्द्धको क्रममा ६३ लाख व्यक्ति देश छोडी विदेशमा शरणार्थी बन्न बाध्य भएका छन् । त्यसैगरी सिरियामा अरु करिब ६२ लाख व्यक्ति सिरियाभित्र नै आन्तरिक रुपमा विस्थापित भएका छन् । शरणार्थी संख्याको विषयमा सन् २०१७ मा गरिएको अध्ययनअनुसार दोस्रो स्थानमा अफगानिस्तान पर्छ ।

 अफगागिस्तानमा त्यसअघिका वर्षको तुलानामा सन् २०१७ मा शरणर्थीका रुपमा विस्थापित भएर देश छोड्न बाध्य भएका व्यक्तिको संख्या पाँच प्रतिशतले बढेको हो । अफगानिस्तानमा सन् २०१७ मा २६ लाख व्यक्ति आफ्नो देश छोडी शरणार्थीका रुपमा विदेशिन बाध्य भएका थिए ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई आप्रवासीको शिवीर बन्न नदिने घोषणा गरेका छन् । । उनले विगतको आफ्नो नीतिको बचाउ गर्दै सो धारणा राखेका हुन् । राष्ट्रपति ट्रम्पले आप्रवासी नीतिकै कारण जर्मन आफ्ना नेताको विरोधमा उत्रिन थालेको पनि बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?