काठमाडौं । भारतमा डिस्को म्युजिकलाई लोकप्रिय बनाएका संगीतकार तथा चर्चित गायक बप्पी लाहिरीको मंगलबार निधन भएको छ । ८० देखि ९० को दशकमा डिस्को गीतका लागि परिचित ‘बप्पी दा’ले ६९ वर्षको उमेरमा अन्तिम सास फेरे ।
आफ्ना गीतसँगै सुनका गहनाले समेत निकै चर्चित लाहिरीको स्वास्थ्यमा धेरै समस्याहरू थिए । जसका कारण छोटो उमेरमै उनको निधन भएको छ । स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्याबाट पीडित लाहिरी एक महिनाअघि अस्पतालमा भर्ना भएका थिए ।
उनलाई सोमबार नै अस्पतालबाट डिस्चार्ज गरिएको थियो । तर, मंगलबार उनको स्वास्थ्यमा अकस्मात समस्या देखिएपछि घरमै चिकित्सक बोलाइएको थियो । तत्काल उनलाई अस्पताल पुर्याइएको थियो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उनको मृत्युप्रति दुःख व्यक्त गरेका छन् । उनको निधनप्रति बलिउडका विभिन्न कलाकर्मीले दुःख व्यक्त गरेका छन् ।
बप्पी लाहिरीको पार्थिव शरीरलाई ‘लहिरी हाउस’बाट विलेपार्लेको पवन हंसस्थित शवदाह गृहमा लगिएको थियो । उनका छोरा बप्पा लाहिरी अमेरिकामा रहेकाले उनको अन्तिम संस्कार आज गरिएको हो ।
विद्या बालन, भूषण कुमार, शक्ति कपूर, सुनील पाल, शान, उदित नारायण र अन्य धेरैले स्टारहरुले उनलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । छोरा बप्पा लाहिरीले बप्पी लाहिरीको चितालाई आगो दिएका छन् ।
तस्बिरमा हेर्नुहोस् बप्पी लाहिरीको अन्तिम बिदाइ :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया