राजनीतिको असर सेयर बजारमा : कारोबार रकम झनै खुम्चिँदै

लोकपथ
70
Shares

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमको प्रभाव सेयर बजारमा पनि परेको देखिएको छ । एमसीसीको विषयले सत्तारुढ दलभित्रै असन्तुष्टि देखिन थालेको छ । सत्तारुढ दलभित्रै असन्तुष्टि बढेपछी एमसीसी पारित हुने कि नहुने भन्नेबारे अन्यौलता देखिएसँगै सेयर बजार पनि प्रभावित बनेको छ । पछिल्लो राजनीतिक घटनाक्रमले लगानीकर्ताहरुको मनोबल खस्किएको छ ।

साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । यस दिन नेप्से परिसूचक १ दशमलव ९३ अंकले घटेको छ भने कारोबार रमक पनि २ अर्बमा झरेको छ ।

सेयर बजारमा आज २ अर्ब २७ करोड ८१ लाखको कारोबार भएको छ । यस दिन २२७ कम्पनीको जम्मा ४० लाख १७ हजार कित्ता सेयर मात्र खरिदबिक्री भएको छ । यसले लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको संकेत गर्दछ ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये ५ वटा समूहको मात्र सेयरमूल्य बढेको बाँकी ८ समूहको सेयर मूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?