२५ तस्वीरमा डा. देवकोटाको अन्तिम बिदाइ ! (भिडियोसहित)

वरिष्ठ नशारोग विशेषज्ञ स्वर्गीय उपेन्द्र देवकोटाको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

देवकोटालाई पत्नी डा. मधु देवकोटा, छोरीहरु मेघा, बसुधा र मञ्जरीले दागवत्ती दिएका छन् ।

सोमबार ५ : ३० बजे निधन भएका उनको मंगलबार (आज) विद्युतीय शवदाहगृहबाट अन्त्येष्टि गरिएको हो ।

देवकोटाप्रति अन्तिम श्रद्धाञ्जली दिन बिहान उनको पार्थिव शरिर बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको थियो ।

त्यसपछि उनको शब महाराजगन्ज, चाबहिल, गौशाला हुँदै पशुपति लगिएको थियो ।

स्वर्गीय डाक्टर देवकोटालाई अन्तिम श्रद्धान्जली दिन सडक, चोँकहरुमा आफन्त र शुभचिन्तक तथा सर्वसाधारणको भिड लागेको थियो ।  

भिडियोः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?