धितोपत्र बोर्ड अध्यक्षमा रमेश हमाल नियुक्त

लोकपथ
112
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल संयोजकत्वको छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । छनोट समितिले रमेश हमाल, कृष्णराज पोखरेल र डा. गोपाल भट्टको नाम छनोट गरेको थियो ।

सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानालाई सरकारले पदमुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?