रसिया। जारी फिफा विश्वकप फुटबल अन्तर्गत मंगलबारराती सम्पन्न खेलमा सेनेगल विजयी भएको छ ।
मस्कोस्थित स्पार्टक स्टेडियममा भएको समूह ‘एच’ को खेलमा सेनेगलले पोल्याण्डलाई २—१ गोल अन्तरले पराजित गरेको हो । खेलको सुरुवाती समयमा दुवै टिमले उत्कृष्ट खेल प्रर्दशन गरेको थियो ।
खेलको ३७ औ मिनेटमा पोल्याण्डका थिएगो चिवनेकले आत्मघाती गोल गरेपछि सेनेगलले खेलमा १—० को अग्रता लियो ।
पहिलो हाफसम्म एक—शुन्यले पछाडी रहेको पोल्याण्डले दोस्रो हाफमा केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेनन् । खेलको ६० औ मिनेटमा सेनेगलका लागी निएगले गोल गदै खेललाई २—० को स्थितीमा पुर्याए । यता खेलको ८६ औ मिनेटमा पोल्याण्डले गोल फर्कायो । पोल्याण्डका ग्रेजगोर्ज क्रेचोइकले गोल गरेपनि जितका लागी प्रयाप्त भएन ।
निर्धारित समयसम्म सेनेगलले थप गोल गर्न सकेन र खेल २—१ ले आफ्नो पक्षमा पार्यो । जितपछि सेनेगलले महत्वपूर्ण ३ अंक जोडेको छ ।
विश्वकप इतिहासमा पोल्याण्ड र सेनेगल ३६ वर्षपछि आमने—सामने भएको हो । सन् १९७४ र १९८२ मा तेस्रो स्थान हासिल गरेको पोल्याण्डले २०१० र २०१४ को विश्वकपमा भने स्थान बनाउन सकेन् । पोल्याण्डले विश्वकपको दुई संस्करणपछि कमब्याक गरेको हो ।
यता सन् २००२ को विश्वकप डेब्यु खेलमा नै डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई पराजित गदै सेनगलले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो, जुन अफ्रिकी टिमको सबैभन्दा ठूलो सफलता हो ।
१६ वर्षपछि सेनेगल पुनः विश्वकपमा फर्किएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया