रसिया। जारी फिफा विश्वकप फुटबल अन्तर्गत आयोजक राष्ट्र रसियाले आफ्नो अपराजित यात्रा कायम राख्दै नकआटउ चरणमा प्रवेश गरेको छ ।
सेन्ट पिटर्सवर्ग स्टेडियममा मंगलबारराती सम्पन्न भएको खेलमा समूह ‘ए’ को खेलमा रसियाले इजिप्टलाई ३—१ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको हो ।
। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै टिम गोलरहित बराबरीमा रोकिएका थिए । दोस्रो हाफसुरु भएलगतै इजिप्टका एहमेद फात्हीले आत्मघाती गोल गरेस“गै रसियाले खेलमा १—० को अग्रता लियो ।
खेलको ५९ औ मिनेटमा रसियाका डेनिस चेरीसेभले गोल गदै टिमको अग्रतालाई दोब्बर अग्रता बनाए । ६२ औ मिनेटमा अर्टेम डेज्बाले गोल गरे खेललाई ३—० को स्थितीमा पुर्याए । एक पक्षिय रहेको खेलको ७३ औ मिनेटमा इजिप्टका मोहम्मद सलाहले गोल गरेपनि त्यो जितका लागी प्रयाप्त हुन सकेन् ।
निर्धारित समयसम्म रसियाले थप गोल गर्न सकेन् र खेल ३—१ ले आफ्नो पक्षमा पार्यो । रसियाको समूह चरणमा यो लगातार दोस्रो जित हो । रसिया जारी विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो टोली हो । यता इजिप्ट भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।
यसअघि भएको समूह चरणको पहिलो खेलमा रसियाले साउदी अरेबियालाई ५—० गोल अन्तरले हराएको थियो । जितपछि रसिया ६ अंकका लागी समूहको शिर्ष स्थानमा छ ।
दोस्रो स्थानमा रहेको उरुग्वेको ३ अंक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया