एजेन्सी : हिटलरको यातना गृहजस्तो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाल शिविर चलाइरहेको आरोप लागेपछि उनका महान्यायाधिवक्त जेफ सेन्ससले ट्रम्पको बचाउमा अगाडि आएका छन् ।
उनले बालबालिकासम्बन्धी विषयलाई बढी बढाइचढाइ गरी प्रस्तुत गरिएको बताए । उनले भने “ट्रम्प मात्र कानुन कार्यान्वयन गरिरहेकाछन् ।” ट्रम्पको विषयमा मानिसहरूले सही तरिकाले बुझ्ने उनले विश्वास व्यक्त गरे ।
मेक्सिकोबाट अमेरिकामा अवैधरूपमा छिर्ने परिवारका बालबालिकालाई उनीहरूलाई अलग्याएर छुट्टै राख्ने गरिएको ट्रम्पको नीतिको मानवअधिकारवादीहरूले व्यापक आलोचना गरेका छन् ।
जञ्जीरले बन्द गरिएको ढोका पछाडि राखिएका बालबालिकाहरू भएको तस्विर सार्वजनिक भएपछि यस्तो आरोप लगाउन शुरू गरिएको थियो ।
अमेरिकामा आप्रवासीहरूलाई प्रवेश गर्न नदिने ट्रम्पको नीतिको विरोध र आलोचना गर्ने क्रम रोकिनु भन्दा पनि चर्किदै गइरहेको छ ।
ट्रम्पले आप्रवासी आमाबाबुलाई जेल भए तिनका बालबालिकाहरूलाई छुट्टयाउनुपर्ने बताए । यो भन्नु अघि उनले ट्विट गरी प्रतिपक्षी दल डेमोक्रेट्सका सांसदहरूमाथि प्रहार गरे थिए ।
उनले ट्विटे “समस्याको जरो डेमोक्रेट्सहरू हुन् । उनीहरू देशमा कानुन व्यवस्थाका बारेमा केही सोच्दैनन् । उनीहरूले देशमा आप्रवासन संक्रमणजस्तो अमेरिकामा फैलिएको हेर्न चाहन्छन् । उनीहरूले आफ्ना खराब नीतिका कारण जित्दैनन र आप्रवासीहरूलाई भोट बैंकका रूपमा हेर्छन् ।”
यसपछि उनले देश भित्र आउने अवैध आप्रवासीहरूलाई हामीले रोक्नुपर्ने ट्विटेका थिए ।
अमेरिकाको कानुन अनुसार अवैध आप्रवासीका बालबालिकाहरूलाई छुट्टयाई उनीहरूसँग भेट गर्न पनि नदिएर राख्ने गरिन्छ ।
छुट्टयाइएका बालबालिकाहरूलाई डिपार्टमेन्ट अफ हेल्थ एन्ड ह्युमन सर्भिसेजमा राखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया