कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू नगर्ने निर्णय

काठमाडौं । राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषदले यस वर्ष कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू नगर्ने निर्णय गरेको छ । 

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा गणित र विज्ञान विषय अनिवार्य नबनाइएपछि चौतर्फी रुपमा आलोचना हुँदै आएको थियो । 

परिषदका आमन्त्रित सदस्य एवं राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि गौतमका अनुसार यो वर्ष केही विद्यालयमा परीक्षण गरेर मात्र अर्को वर्षदेखि लागू गर्ने बताए ।

नयाँ पाठ्यक्रममा गणित र विज्ञानलाई एउटै समूहमा राखेर कुनै एउटा रोज्ने व्यवस्था थियो । तर, यो व्यवस्थाले गणित र विज्ञान दुवै विषय पढ्न चाहने विद्यार्थीले कुनै एउटा मात्र विषय रोज्नु पार्ने बाध्यता थियो । 

गणित समाजका अध्यक्ष प्रा. डा. टंकनाथ धमालका अनुसार गणित र विज्ञान विषय अनिवार्य नगरिँदा दक्ष जनशक्ति उत्पादनमा बाधा पुग्ने बताए । नयाँ पाठ्यक्रमले कक्षा ११ र १२ का करिब पाँच लाख विद्यार्थीहरुलाई ठूलो अन्याय हुने र विज्ञान तथा प्रविधिको विकासमा आघात पुग्ने धमालको भनाइ छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?