भारतमा ४५लाखसम्मको घरमा घरऋण सस्तो हुने

एजेन्सी : भारतको केन्द्रीय  बैक रिजर्भ बैक अफ इन्डियाले (आरबीआई)४५ लाखसम्मको घरमा ३५लाखसम्मको घरऋण (होम लोन) लिइएको भए त्यस्तालाई प्राथमिक क्षेत्र ऋण (प्रायोरिटी सेक्टर लेन्डिंग)को वर्गीकरणमा राखिने जनाएको छ ।

केन्द्रीय बैंकको यो निर्णयबाट होम लोन सस्तो हुनेछ ।प्रायोरिटी सेक्टर लेन्डिंग, बजार ब्याज दर (मार्केट इन्टरेस्ट ) रेटको तुलनामा सस्तो हुने गर्छ ।

यसका लागि केही शर्त अघि सारिएको छ ।

१० लाख भन्दा बढी जनसंख्या हुने शहरमा घरको मूल्य ४५ लाख भन्दा बढी हुन नहुने जनाइएको छ ।

त्यसैगरी साना शहरमा घरको मूल्य ३०लाख भन्दा कम हुन नहुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?