आइएमई जनरल र्इन्स्योरेन्सले ८०% हकप्रद बिक्री गर्ने अनुमति पायो

काठमाडाैं : बिमा समूहको अार्इएमर्इ जनरल र्इन्स्योरेन्सले ८० प्रतिशत हकप्रद शेयर बेच्ने अनुमति पाएको छ। बिमा समितिले तोकेको मापदण्डअनुसार १ अर्ब रूपैयाँ चुक्ता पुँजी कायम गर्न र्इन्स्योरेन्सले हकप्रद शेयर बिक्री गर्न लागेको हो । 

अार्इएमर्इले ४३ लाख २० हजार कित्ता हकप्रद शेयर विक्री गर्न अनुमति मागेको थियो । शेयर बिक्री प्रबन्धकको काम ग्लोबल अार्इएमर्इ क्यापीटलले गर्ने अार्इएमर्इले जानकारी दिएको छ । 

हाल यो र्इन्स्योरेन्सको चुक्ता पूँजी ५४ करोड रूपैयाँ रहेको छ। मापदण्डअनुसार बाँकी ४६ करोड रूपैयाँ चुक्ता पूँजी थप्न कम्पनीले हकप्रद बेच्न लागेको हो । हकप्रद बेचेपछि र्इन्स्योरेन्सको चुक्ता पूँजी ९७ करोड २० लाख रूपैयाँ पुग्नेछ । 

कम्पनीले चालु अार्थिक बर्षको तेस्रो त्रैमासमा ८ करोड २३ लाख ९७ हजार रूपैयाँ खुद नाफा अार्जन गरेको छ भने प्रतिशेयर नेटवर्थ अाम्दानी १३४ रूपैयाँ ७ पैसा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?