रसिया। फिफा विश्वकप फुटबलमा समूह चरणका खेलहरुको दोस्रो राउन्ड शुरु भएसँगै नकआउट चरणमा पुग्ने समिकरणहरु बन्न सुरु गरिसकेका छन् ।
आयोजक राष्ट्र रसिया आफ्नो समूह चरणको अन्तिम खेलअघि नै प्रि—क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ भने इजिप्ट एक खेल बाँकी रहँदै बाहिरिने पहिलो टोली बनेको छ । आज राति हुने खेलमा जीत हात पारेमा उरुग्वेले पनि प्रि—क्वार्टरफाइनलमा पुग्नेछ ।
समूह ‘ए’ मा रहेको उरुग्वेले आज राति ८ः४५ बजे साउदी अरेबियाविरुद्ध खेल खेल्दैछ । समूह ‘बी’ को खेलमा युरोपियन पावर हाउस पोर्चुगलले मोरोक्कोसँग भिड्दैछ ।
यि दुई टिम बीचको खेल साँझ ५ः४५ बजेपछि शुरु हुँदैछ । पोर्चुगल र पूर्व विश्वविजेता स्पेनले पहिलो खेलमा रोमाञ्चक ३–३ गोलको बराबरी खेलेको थियो भने इरानले मोरोक्कोलाई १–० ले हराएको थियो ।
यता आजै राति हुने अर्को खेलमा स्पेनले इरानसँग भिड्दैछ । राति ११ः४५ बजे पछि शुरु हुने खेल काजान एरिनामा हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया