‘विश्वका ठूला अर्थतन्त्र अर्को महामन्दीका लागि तयार छैनन्’

एजेन्सी : विश्वका ठूला अर्थतन्त्रहरूले अर्को महामन्दी सामना गर्न कुनै तयारी गरेको नपाइएको अर्थविज्ञहरूले टिप्पणी गरेका छन् ।

अमेरिकाका पूर्व खजाना मन्त्री लरेन्स समर्सले विश्वका ठूला अर्थतन्त्रहरूले स्फिति नियन्त्रण गर्न केन्द्रीय बैंकहरूले ब्याजदर बढाउनमा ध्यान दिइरहेका छन् तर उनीहरूले अर्को महामन्दीका लागि कुनै उपाय गरेको नपाइएको बताए ।

उनले यो कुरा ब्लुमबर्ग टेलिभिजनलाई दिएको एक अन्तर्वार्तामा यस्तो बताएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?