विश्वकपः उरुग्वे र साउदी अरब तेस्रो पटक आमने—सामने हुँदै

रसिया। जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज साँझ हुने दोस्रो चरणको खेलमा उरुग्वेले साउदी अरेबियाको सामना गर्दैछ । 

यि दुई टिमविचको खेलमा रोस्तोभ एरिनामा नेपाली समयअनुसार ८ः४५ बजेपछि सुरु हुनेछ । समूहको पहिलो खेलमा इजिप्टलाई १—० गोलले पराजित गदै महत्वपूर्ण ३ अंक जोडेको उरुग्वे साउदी अरेबियासँगको खेलमा हाबी हुदै जित निकाल्ने रणनितीका साथ मैदानमा उत्रने तयारीमा छ ।

यता घरेलु टोली रसियासँग ५—० को पराजय भोगेको साउदी अरेबिया जित निकाल्ने मनोस्थितीमा छ । विश्व फिफा वरियताको १७ औ स्थानमा रहेको उरुग्वेले ६७ औ स्थानमा रहेको साउदी अरेबियालाई खेल अबधिभर दबाबमा राख्ने देखिएको छ । समूहको पहिलो खेलमा नै जित हात पारेको उरुग्वेको मनोबल उच्च रहेको छ ।

तुलनात्मक रुपमा उरुग्वे बलियो टिम भएपनि पहिलो खेलमा मोहमद सलाह विना नै मैदानमा उत्रिएको इजिप्टमाथि १–० को कठिन जित निकालेको थियो । पहिलो खेलमा सोचे अनुरुप खेल प्रर्दशन गर्न नसकेको लुइस स्वारेजमाथि दबाब छ ।

आजरातीको खेलमा स्वारेजले टिमको लागी १०० औ क्याप खेल्दैछन् । उनले अहिलेसम्म टिमका लागी ५१ गोल गरिसकेका छन् । सन् २०१० को विश्वकपमा डेब्यु गरेका स्वारेज २०१४ को विश्वकपमा इटलीका डिफेन्डर जर्जियो चेलिनीलाई ‘टोकेर’ विबादमा आएका थिए । फलस्वरुप उनी १० खेलको प्रतिबन्धमा पनि परे ।

उरुग्वे र साउदी अरब विश्वकपमा तेस्रो पटक आमने—सामने हुदैछन् । यसअघिका २ खेलमा साउदी अरेबियाले एकमा जित र एकमा बराबरी खेलेको थियो ।

विश्वकपमा १५ औ खेल खेल्ने तयारी गरेको साउदी अरेबियाले समूह चरण भन्दा माथिको यात्रा तय गर्न सकेको छैन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?