काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट आफ्नो आगामी फिल्म ‘गंगुबाई काठियावाडी’ लाई लिएर चर्चामा छिन् । यस फिल्मको ट्रेलर सार्वजनिक भएको छ, जसमा आलियाको बोल्ड स्टाइलले फ्यानहरुको मन जितेको छ ।
हालै आलिया आफ्नो फिल्मको प्रिमियरमा सहभागी हुन बर्लिन गएकी थिइन् । यसै क्रममा आलिया बर्लिन फिल्म फेस्टिभलमा पनि सहभागी भइन् । यसैबीच, अब बर्लिनबाट फर्कनुअघि आलिया भट्टले आफ्ना केही तस्बिर सेयर गरेकी छिन्, जसमा उनी निकै हट स्टाइलमा बर्लिनलाई बोय–ब्वाय भनेर बोलाउँदै देखिएकी छिन् । यी तस्बिरहरूमा आलिया बाथटबमा हट पोज दिईरहेकी छिन्, जुन फ्यानहरूको मन चोर्न पर्याप्त छ ।
आलिया भट्टले आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टमा केही तस्बिर सेयर गरेकी छिन् । यी तस्बिरहरूमा आलिया भट्ट बाथरूममा विभिन्न स्टाइलमा पोज दिइरहेको देख्न सकिन्छ । एउटा तस्बिरमा आलिया बाथटबमा सुतिरहेको बेला हट स्टाइलमा पोज दिइरहेको देखिन्छ । लुकको कुरा गर्दा आलिया भट्टले सेतो कलरको सर्ट ड्रेस लगाएकी छिन् र साथमा ब्लेजर पनि लगाएकी छिन् ।
यी तस्बिरहरूसँग आलिया भट्टले क्याप्सनमा लेखेकी छिन्, ‘बाइ(बाइ बर्लिन।’ आलियाका यी तस्बिरलाई फ्यानले मात्र होइन सेलिब्रेटीले पनि मन पराइरहेका छन् । अनुष्काले आलियाको तस्बिरमा कमेन्ट गर्दै ‘स्टनिङ’ लेखेकी छिन् । योसँगै जान्हवी कपुरले ‘एक्सक्यूज मी प्लिज’ र हुमा कुरैशीले ‘गर्जियस’ लेखेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया