काठमाडौं । बलिउड अभिनेता फरहान अख्तरले आज आफ्नी लामो समयदेखिकी प्रेमिका शिबानी दाण्डेकरसँग महाराष्ट्रीय रीति-रिवाज अनुसार विवाह गर्न लागेका छन् । मिडिया रिपोर्टका अनुसार आज दुबैले मुम्बईको खण्डालाको फार्महाउसमा नजिकका साथीभाइ र परिवारका सदस्यहरूको उपस्थितिमा विवाह गर्न लागेका हुन् ।
फरहान अख्तरले आफ्नो विवाहमा आफ्ना नजिकका साथी शाहरुख खान र ऋतिक रोशनलाई पनि निम्तो दिएको खबर बाहिर आएको छ । यद्यपी फरहानको बिहेमा यी दुई सहभागी हुने वा नहुने भन्ने टुंगो लागेको छैन ।
४८ वर्षीय फरहान अख्तर ४१ वर्षीया शिबानी दाण्डेकरका पति बन्न लागेका छन् । यद्यपि यसअघि पनि फरहान अरु कसैको पति भइसकेका छन् ।
शिबानीभन्दा पहिले फरहानले सेलिब्रेटी हेयर स्टाइलिस्ट अधुनासँग विवाह गरेका थिए । फरहानले अधुनालाई १९९७ मा भेटेका थिए । फरहान त्यतिबेला बलिउडको चर्चित नाम थिएन । त्यसबेलासम्म उनले कुनै प्रगति गरेका थिएनन् ।
फरहान र अधुनाले २४ अप्रिल २०१७ मा सम्बन्धविच्छेद गरेका थिए । तर, शिबानीसँगको सम्बन्धको घोषणा हुनुअघि फरहानको नाम श्रद्धा कपूरसँग पनि जोडिएको थियो । उनीहरु दुबैले फिल्म रक अन २ मा सँगै काम गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया