काठमाडौं। जारी विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज राती पूर्व विश्व च्याम्पियन स्पेनले इरानको सामना गर्दैछ ।
कजान एरिनामा राती ११ः४५ बजे पछि सुरु हुने समूह ‘बी’ खेलमा विश्वकपको उपाधी दाबेदार मानिएको टिम स्पेनले इरानसँग भिड्दैछ । समूहको पहिलो खेलमा मोरक्कोलाई १—० ले पराजित गरेको इरानले आजको खेलमा स्पेनलाई रोक्ने मनोस्थितीका साथ मैदानमा उत्रदैछ ।
पहिलो खेलमा उपहार स्वरुप गोल पाएको इरान ३ अंक सहित तालिकामा शीर्ष स्थानमा छ भने तुलनात्मक रुपमा बलियो मानिएको पोर्चुगल र स्पेन समान १—१ अंक सहित दोस्रो र तेस्रो स्थानमा छन् । आजको खेलमा इरानले स्पेनलाई बराबरीमा रोके अघिल्लो चरणको प्रवेश सम्भाबनालाई बलियो बनाउनेछ ।
यता स्पेनलाई आजको खेलमा जित्नै पर्ने दबाब छ । स्पेन प्रतियोगिताकै तुलनात्मक रुपले सन्तुलित टिम पनि हो । फिफा वरियतामा स्पेन आठौं स्थानमा रहँदा इरान ३६ औं स्थानमा छ । विश्वकपको पहिलो चरणको खेलमा स्पेन पोचुर्गलसँग ३—३ गोलको बराबरीमा रोक्दै अंक बाँड्न बाध्य भएको थियो ।
जसले गर्दा इरान र मोरक्कोसँगको प्रतिस्पर्धा स्पेनका लागि जित्नै पर्ने बाध्यता छ । आजको खेलमा बराबरी वा पराजय भए स्पेन समूह चरणबाटै बाहिरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया