काठमाडौं । महाराष्ट्रका दिग्गज भाजपा नेता तथा केन्द्रीय मन्त्री नारायण राणेले पत्रकार सम्मेलनमा दिवंगत अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या नगरेको र उनको हत्या भएको दाबी गरेका छन् ।
पत्रकार सम्मेलनमा मन्त्रीले भने ८ जुन, २०२० मा सुशान्त सिंह राजपूतका पूर्व म्यानेजर दिशा सालियनलाई पहिले बलात्कार र त्यसपछि हत्या गरिएको थियो। दिशाले पार्टीमा जान इन्कार गरिरहेकी थिइन् तर उनलाई जबरजस्ती पार्टीमा बोलाइयो । त्यसपछि बलात्कार गरी हत्या गरियो । यो सबै भइरहेको भवनको सीसीटीभी फुटेज असार ८ सम्म सही थियो । असार १३ गते अचानक सीसीटीभी कसरी गायब रु जेठ ८ गतेदेखि भवनभित्र प्रवेश गर्ने व्यक्तिको दर्ताको पाना किन च्यातियो ?
नारायण राणेले थपे, ‘अभिनेतालाई आफ्नो पूर्व म्यानेजर दिशा सालियनको हत्या भएको थाहा भएको थियो । उनले यस सम्बन्धमा धेरै खुलासा गर्ने तयारी पनि गरेका थिए । त्यसैले उनको हत्या भएको हो । रातो बत्ती भएको कार सुशान्तको घरमा आएको थियो । मन्त्रीको गाडी थियो । सो कारबाट चार जना निस्के र सुशान्तलाई समातेर मारे । आफै सोच्नुहोस्, जब सुशान्तको हत्या बाहिर आयो, तब किन एम्बुलेन्स विशेष व्यक्तिको लागि बोलाइयो ?
पत्रकार सम्मेलनमा मन्त्री थप भन्छन्, ‘सुशान्त र दिशाको मात्रै हत्या भएन, यो लिस्ट निकै लामो छ। सुशान्त सिंहका एक साथी रोय पनि थिए, उनी अहिले कहाँ छन् ? सावन्त नामको नोकर पनि सुशान्तको घरमा काम गर्थे। उनी कहाँ छन् ? दिशा सल्यानको भवनको चौकीदार पनि बेपत्ता, कसले गर्यो ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया