फिटनेसको सल्लाह दिने कपिल शर्मा आफै भए यस्तो, करिअर डामाडोल

मुम्बई । ठूलो पर्दादेखि सानो पर्दासम्मका सबैका लागि कपिल शर्मा नौलो नाम होइन, सबैले उनलाई कमेडियन भनेर चिन्छन् । तर, केही महिना भयो, उनी डिप्रेसनका बिरामी छन् । उनको कमेडियनको करिअर आफैमा धराप परेको छ ।

केही वर्षदेखि आफ्नो कमेडीको जादु छरेका यी कमेडियन सफलतामा यति धेरै घमण्डी भएर निस्के कि, उनलाई अहिले त्यसको व्याज नै बढी भएको छ । आजकाल उनी कुनै पनि कार्यक्रममा देखिँदैनन् ।

कपिल शर्मा टिभी शो एउटा यस्तो कार्यक्रम थियो, जुनमा कमेडी शोमा सबैभन्दा उत्कृष्ट कार्यक्रमका रुपमा लिइन्थ्यो । उनको चर्चा भारतमा राम्रो थियो तर पछिल्लो समय आफ्नै सहकर्मी र आफ्नै टिमसँग झगडा गरेर विवादमा आइरहेका शर्माले आफ्नो कमेडी शोबाट टाढा राखेका छन् ।

मंगलवार कपिल शर्मा मुम्बई एयरपोर्टमा देखिए । तर उनी पहिलेको तुलनामा पूरै फरक देखिन्थे । आफ्नो रक्सी खाने लत छुटाउन उनी केही समय त सुधार गृहमा पनि गए ।

पछिल्लो वर्ष आफ्नो कपिल शर्मा शो बन्द भएपछि उनले नयाँ शो ‘फ्यामिली टाइम वीथ कपिल शर्मा’ ल्याएका थिए । तर, यो शो पनि केही शो टेलीकास्ट भएपछि बन्द भयो । अहिले उनीसँग कुनै पनि काम नभएको बताइन्छ ।

अहिले उनी पहिलेको तुलनामा मोटा देखिएका छन् । उनले फिल्म फिरंगीका लागि वजन घटाएका थिए । साथै उनले अरुलाई पनि फिटनेसको सल्लाह दिन्थे ।

कपिलले टिभीसँग मात्र हैन, मिडियासँग पनि दूरी राखेका छन् । उनले यतिबेला आफ्नो जीवनशैली परिवर्तन गर्नमा आफ्नो समय खर्चेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?