काठमाडौं । ओलम्पिक डेको अवसरमा आयोजना भएको ‘कम एण्ड सुट’ आर्चरी कार्यक्रम सम्पन्न भएको छ ।
सातदोबाटोस्थित ओलम्पिक भवन परिसरमा भएको कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठ सहित उपाध्यक्ष ज्योती राणा, सदस्य निलेन्द्रराज श्रेष्ठ र अशोक बज्राचार्य सहभागि थिए । कार्यक्रममा एसीयन गेम्सको तयारीमा रहेका खेलाडी, संघका पदाधिकारी र ओलम्पियन खेलाडीहरु सहभागि थिए । प्रत्येक बर्ष जुन २३ तारिखमा नेपालमा पनि ओलम्पिक डे मनाईदै आइरहेको छ । सन् १८९६ मा ग्रिसबाट सुरु भएको ओलम्पिक डे २ सय ७ देशले मनाउदै आइरहेको छ । नेपाल ओलम्पिक कमिटिले दिवसका अवसरमा ७२ वटा कार्यक्रमको आयोजना गर्ने तयारी गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया