बालबालिकासँगै रहने गरी ट्रम्पले बदले आप्रवासी नीति

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः अवैध आप्रवासीहरूलाई उनीहरूका सन्तानसँग अलग्याउने नीतिलाई फेर्ने आदेशमा हस्ताक्षर गरेका छन् ।

ट्रम्पले आप्रवासीहरू सन्तानसँग रहने पाउने प्रतिबद्धता व्यक्त गरे ।

आदेशमा अब अवैध आप्रवासी परिवारहरूलाई सँगसँगै हिरासतमा लिइने उल्लेख छ ।

हिरासतमा लिइएका आमाबाबुबाट तिनका सन्तानलाई अलग्याउनुको पछाडि बालबालिकामा गतल प्रभाव पर्ने आंशका भए तिनलाई अलग्याइ राख्न सकिने जनाइएको छ ।

यो आदेश कहिलेदेखि लागु हुने र कहिलेसम्म बालबालिकालाई छुट्टयाइ राख्ने विषयमा स्पस्ट गरिएको छैन् ।

बालबालिकाहरू आमाबाबुबाट अलगिरहेको तस्विर हेरेर आफू भावुक भएर यो आदेश जारी गरेको ट्रम्पले भनेका छन् ।

उनले भने “परिवारहरू अलग भइरहेको हेर्न आफूलाई राम्रो लाग्दैन् ।”

ट्रम्पकी पत्नी मेलानिया ट्रम्प र छोरी इवान्का ट्रम्प परिवार साथसाथ रहने विचारको समर्थन गर्छिन् । उनीहरूले राष्ट्रपति ट्रम्पमाथि परिवार छुट्टयाउने कानुनमा परिवर्तन गराउन दबाब दिँदै आएकी थिइन् ।
ट्रम्पले यो आदेशमा हस्ताक्षर गरेपछि पूर्व राष्ट्रपति बराक ओबामाले शरणार्थी र आप्रवासीहरूलाई स्वागत गर्ने उपायको खोजी गर्ने अमेरिकी परम्परा गरिहेको भन्दै एक पोस्ट फेसबुकमा गरेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?