चौथो योग दिवस मुक्तिनाथमा पनि

काठमाडौ : चौथो अन्तर्राष्ट्रिय योग दिवस नेपाललगायत विश्वका विभिन्न भागमा आज बिहीबार सार्वजनिक योग शिविरको आयोजना गरि मनाइदै छ ।

समुद्र सतहबाट १२ हजार ५ सय फिट माथि अवस्थित मुक्तिनाथ मन्दिरमा हिन्दु र बौद्ध धर्मावलम्बीहरूले बिहीबार विहान योग दिवसको संयुक्त आयोजना गरे ।

गत महिना भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको दर्शन गरी त्यहाँ विशेष पुजा गरेका थिए ।

मोदीले भ्रमणका बेला यो वर्षको योग दिवस मुक्तिनाथमा आयोजना गर्ने निर्देश दिइए अनुसार नेपालस्थित भारतीय दूतावासले मुक्तिनाथमा योग शिविरको आयोजना गरिएको हो ।

प्रदेश नम्बर ४मा पर्ने मुक्तिनाथको मन्दिरमा आयोजना गरिएको योग शिविरमा स्थानीय, साधु सन्यासी र पर्यटकहरूले पनि योगका आसनहरू गरेका थिए । 

योग दिवसमा सहभागी एकले भने “योगले शरीर मस्तिष्कलाई एक बनाउन शक्ति प्रदान गर्छ । यसले दुखाईहरूलाई घटाउन सहयोग गर्नुको साथै नियमति बिहानको योगले दिनलाई राम्रो शुरूवात गराउँछ ।”

सनु २०१४मा संयुक्त राष्ट्रसंघले योगलाई प्रवद्र्धन गर्न र स्वास्थ्यप्रति सबैको चेतना जगाउन अंगीकार गरी २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मानउन थाले यता हरेक वर्ष २१ जुनका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । 

यसैगरी प्रधानमन्त्री मोदीले यो पटकको योग दिवस देहरादुनमा मनाएका छन् ।

आज विहान पौने ७ बजे योग दिवसमा सहभागी हुन मोदी हिजो बुधबार बेलुका उत्तराखण्ड पुगेका थिए ।

त्यहाँ उनलाई गभर्नर कृष्णकान्त पाल, मुख्यमन्त्री टीएस रावतलगायतका अन्य पदाधिकारीहरूले स्वागत गरेका थिए ।

राजधानी काठमाडौका विभिन्न योग प्रतिष्ठानहरू लगायत देशभर आज योग दिवस मनाइदैछ ।

(एजेन्सीको सहयोगमा)
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?