नश्लवादी ट्विटका कारण बेलायती धनाढय आलोचित

एजेन्सी : बेलायती धनाढय तथा सञ्चार व्यक्तित्व लर्ड एलन सुगरले सेनेगल राष्ट्रिय टोली बारे गरेको नश्लवादी  ट्विटका कारण व्यापक आलोचना खेप्नु परेको छ ।

सेनेगलको टीमालाई मारबेला सामुद्रिक किनारका विक्रेतासँग तुलना गरेको ट्विटका कारण  सुगरको आलोचना भएको हो ।

सेनेगलको वल्र्ड कप टीम घाम चश्मा र ह्यान्ड ब्यागका अगाडि उभिरहेको देखिने फोटो पोस्ट गरी उनले “ आइ रिकगनाइज सम अफ दीज गाइज फ्रम द बीच इन मारबेला । मल्टि टास्किंग रिसोर्सफुल च्याप्स” फेसबुकमा लेखेका छन् । 

यो पोस्ट नश्लवादी भएको भनी उनको व्यापक आलोचन भयो । त्यसपछि माफी माग्दै सो पोस्ट डिलिट गरे ।

आलोचना गर्नेमा लेबर पार्टीकी छाया सरकारकी महिला तथा समानाता मन्त्री डाउन बटलर पनि रहेकी छिन् । उनले  तत्काल कारबाहीको माग गरेकी छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?