मुसाले १२ लाख बराबरको नोट काट्यो

एजेन्सी : भारतको असम प्रान्तमा तिनसुकिया जिल्लामा रहेको स्टेट बैंक अफ इन्डियाको एटीएममा राखिएको १२ लाख बराबरको नोटलाई टुक्रा टुक्रा पारेको छ ।

सो एटीएम २२ दिन देखि बन्द थियो ।

एटीएम ठीक गर्न पुगेका टेक्नेसियनले मेसिन खोल्दा त्यहाँ ५सय र २ हजारका नोटहरू छरिएर रहेका थिए ।

एटीएममा २९.४८ लाख रुपैया राखिएको थियो । त्यस मध्ये १२ लाख बराबरका नोट मुसोले खाएको पाइएको छ ।

यसको छानबिन प्रहरीले गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?