विश्वकपः डेनमार्क उच्च मनोबलका साथ मैदानमा उत्रदै, अस्ट्रेलिया दबाबमा

रसिया। जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज साँझ समूह ‘सी’ को खेलमा अस्ट्रेलियाले डेनमार्कको सामना गर्दैछ । 

यि दुई टिमविचको खेल सामरा एरिनामा नेपाली समयअनुसार ५ः४५ बजेपछि सुरु हुनेछ ।  पहिलो खेलमा पेरुमाथि जित हात पारेको डेनमार्क उच्च मनोबलका साथ मैदानमा उत्रदैछ । तर अस्ट्रेलिया आत्मविश्वासी एसियन टिम भएकाले डेनमार्कलाई दबाबमा राख्ने प्रयासमा हुनेछ ।

अस्ट्रेलिया विरुद्धको खेलमा जित दर्ता गराए डेनमार्कले लगभग प्रि—क्वाटरफाइनको यात्रा तय गर्नेछ । यता नकआउट चरणमा प्रवेश गर्नका लागी अस्ट्रेलियाले डेनमार्कलाई हराउनै पर्ने दबाब छ ।

समूह चरणको पहिलो खेलमा अस्ट्रेलिया फ्रान्ससँग २—१ गोल अन्तरले पराजित भएको थियो । यता डेनमार्कले ३६ वर्षपछि विश्वकपमा कमब्याक गरेको पेरुलाई १—० गोल अन्तरले हराउँदै महत्वपुर्ण ३ अंक जोडेको थियो । पेरु विरुद्धको खेलका दौरान घाइते भएका विलियम केभिस्ट आज मैदानमा उत्रने छैनन् ।

डेनमार्कका लागि क्रिष्टियन इरिक्सनले पछिल्ला १४ खेलमा १२ गोल गदै ५ असिस्ट गरेका थिए । विश्वकप इतिहासमा डेनमार्कले अहिलेसम्म २८ गोल गरेको छ । सन् १९८६ मा डेनमार्कले पहिलो पटक विश्वकपमा सहभागिता जनाएको थियो ।

डेनमार्कले सन् १९९८ मा क्वार्टरफाइनलसम्म यात्रा तय गरको थियो ।  त्यो नै डेनमार्कको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो ।
समूह चरणको पहिलो खेलमा बलियो टिम फ्रान्ससँग भिडेको डेनमार्क अस्ट्रेलियाविरुद्ध हाबी हुने देखिएको छ ।

डेनमार्क पछिल्लो १६ खेलमा अपराजित छ । जसमा ९ मा जित र ७ मा बराबरी गरेका छन् । सन् २०१६ अक्टुबरमा मा मोन्टेनेग्रोसँग १–० ले पराजित भएयता डेनमार्कले हार ब्यहोरेको छैन्  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?