विश्वकपः दवावमा पेरु, फ्रान्स नकआउट चरणमा पुग्ला ?

रसिया। २१ औ संस्करणको विश्वकप फुटबल अन्तर्गत समूह ‘सी’ दोस्रो खेलमा आज राति पूर्व विश्व विजेता फ्रान्सले पेरुको सामना गर्दैछ । 

एकाटेरिङवर्ग एरिनामा हुने खेल नेपाली समयअनुसार आज राति ९ः४५ बजेपछि सुरु हुनेछ । उपाधीको दाबेदार मानिएको फ्रान्सले आजको खेलमा पेरुलाई स्तब्ध पार्न सके नकआउट चरणमा प्रवेश गर्ने सम्भाबनालाई बलियो बनाउँनेछ ।

पहिलो खेलमा हार ब्यहोरिसकेको पेरुलाई पनि दोस्रो चरण पुग्न जित नै आवश्यक छ । समूह चरणको पहिलो खेलमा फ्रान्सले अस्ट्रेलियालाई २–१ गोलले पराजित गरेपनि सोचेअनुरुप प्रर्दशन गर्न सकेनन् । त्यसैले फ्रान्सलाई आजको खेलमा सुधार गर्नु पर्ने चुनौती छ ।

सन्तुलित अष्ट्रेलियाली टोलीबिरुद्ध फ्रान्सको प्रदर्शन सुस्त थियो । सौभाग्यबस भिडियो असिस्टेन्ट रेफ्रीले दिएको पेनाल्टीमा एन्टोइन ग्रिजम्यानले गोल गरे र खेलको अन्त्यतिर आत्मघाती गोल उपहार पायो । पहिलो खेलमा अष्ट्रेलियालाई पराजित गदै प्रतियोगितामा सुखद सुरुवात गरेको फ्रान्स पेरुबिरुद्ध जित हासिल गरी नकआउट चरणमा पुग्ने बाटो सहज बनाउन चाहन्छ ।

यता सुरुवाती खेलमा पेनाल्टी मिस गरेपछि डेनमार्कसँग हार्न पुगेको पेरु पहिलो जितको खोजीमा हुनेछ । पेरुका लागि पहिलो खेल दुखदायी रह्यो । डेनमार्क विरुद्ध पाएको पेनाल्टी पनि सदुपयोथ गर्न नसक्दा पेरु ३६ वर्षपछि विश्वकपमा फर्किएको खेलमा पराजित हुदै अंक बिहिन बन्न पुग्यो । 

पहिलो खेलमा हात पारेको महत्वपूर्ण ३ अंकले फ्रान्सलाई सहज त भएको छ तर सोचे अनुरुप प्रर्दशन गर्न नसक्दा पेरुसँगको खेल जित्नै पर्ने दबाब थपिएको छ ।

सन् १९८२ मा फ्रान्स र पेरु आमने—सामने भएको थियो । त्यतिबेला पेरुले फ्रान्सलाई १–० गोलले हराएको थियो ।

आजराती हुने खेलमा कुन टिमले बाजि मार्नेछ त्यो भने हेर्न बाँकी छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?