मेगा बैंकको सातौँ वार्षिक साधारण सभा असार २९ गते

काठमाडौं । टुरिजम् डेभलपमेन्ट बैंकलाई गाभेर एकीकृत कारोबार थालेको मेगा बैंकले असार २९ गते सातौं वार्षिक साधारण सभाको आह्वान गरेको छ । 

गत वैशाखबाट एकीकृत कारोबार भएपश्चात भने बैंकको यो पहिलो साधारण सभा हो । 

बैंकले राष्ट्रिय सभागृह प्रदर्शनीमार्गमा असार २९ गते बिहान १० बजे साधारणसभा डाकेको हो । सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १०.७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाका लागि बैंकले असार १४ गतेसम्म कायम शेयरधनीले बोनस प्राप्त गर्न र साधारण सभामा भाग लिन पाउनेछन् । गत वैशाख ३० गतेदेखि असार १४ गतेसम्म शेयरधनी बनेर बोनस पाउनेले भने बोनस शेयरमा कर तिर्नुपर्ने बैंकले जनाएको छ । 

यसअघि मेगाको गत पुस २५ गते सम्पन्न सञ्चालक समिति बैठकले ९.४५ प्रतिशत र टुरिजमको गत चैत १२ गते सम्पन्न सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेका थिए ।

९ अर्ब २८ करोड ६८ लाख रहेको मेगा बैंकले ९९ करोड ८६ लाख ९५ हजार बोनस बितरण गर्नेछ । यसपश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब २८ करोड ६८ लाख ३१ हजार पुग्नेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?