आलिया भट्टको राजीले यति कमायो

मुम्बई । आलिया भट्टको फिल्मले तारिफै तारिफ कमाएको छ । यो फिल्मले समीक्षात्मक रुपमा पनि राम्रो प्रतिक्रिया पाएको थियो । फिल्मले दुनियाँभरमा २ सय करोडको व्यापार गरेको भारतीय मिडियाले लेखेका छन् ।

फिल्मका सह–निर्माताले करण जोहरले बुधवार ट्वीटरमा एक पोस्ट गर्दै फिल्मले २ सय ७ करोड कमाएको बताएका छन् । उनले लेखेका छन्, ‘अ प्राउड फिल्म, दुनियाँभरमा कमायो २ सय ७ करोड ।’

मेघना गुलजारले निर्देशन गरेको यो फिल्मले भारतमा आफ्नो पहिले विकेन्डमा झण्डै ३३ करोड कमाएको थियो । फिल्मलाई ४२ देशका  ४ सय ५० स्क्रिनमा रिलिज गरिएको थियो । 

हरिंदन सिक्काको पुस्तक ‘कलिङ सहमत’ मा आधारित यो फिल्ममा केन्द्रीय भूमिकामा आलिया भट्टले अभिनय गरेकी छिन् । यस फिल्ममा उनको अभिनयको निकै नै तारिफ भएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?