ब्यायफ्रेन्ड निकलाई आफ्नी आमासँग भैटाउँदै छिन् प्रियंका चोपडा

मुम्बई । ग्ल्यामर क्षेत्रमा प्रेमको खबर जंगलमा आगो लागेजस्तै हो । अहिले भने ग्लोबल स्टार बनेकी प्रियंका चोपडाको अफयेरलाई लिएर बलिउड र हलिउडमा समाचार बनिरहेको छ ।

यी भारतीय अभिनेत्री प्रियंका केही दिनदेखि निक जोनससँग जोडिएर आएकी छिन् । निक अमेरिकन गायक तथा गीतकार हुन् । खबरका अनुसार यी दुवै छिटै नै भारत आउँदैछन् । शायद आज नै यी दुई मुम्बई आउने सम्भावना छ ।

एक भारतीय मिडियाका अनुसार प्रियंकाले निकलाई आफ्नी आमासँग मिलाउन चाहन्छन् । प्रियंकाको यो इच्छा पूरा गर्न निक पनि सहमत भए ।

उता प्रियंका भने निकका परिवारसँग भेटिसकेकी छिन् । निकले एक छिमेकीको बिहे पारेर उनीसँग भेट गराएका थिए ।

प्रियंकाले अब छिट्टै नै भारतीय फिल्म ‘भारत’ मा अभिनय गर्नेछिन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?