सत्तरी प्रतिशत सवारी दुर्घटना मानवीय त्रुटिका कारण, दुर्घटना न्यूनिकरण गर्न बृहत जनचेतना अभियान शुरु

काठमाडौं । सवारी दुर्घटनाका कारण नेपालमा प्रत्येक वर्ष दुईहजार भन्दा बढी सर्वसाधारणको अकालमै ज्यान जाने गरेको छ ।

यसरी दुर्घटना हुनुमा ८४ प्रतिशत दुर्घटना मानवीय कमजोरीका कारण हुन्छन् । दुर्घटनामा मृत्यु हुनेहरुमा ८० प्रतिशत ३० वर्षभन्दा कम उमेरका छन् । 

त्यस्तैं, ५४ प्रतिशत दुर्घटनामा चालकको लापरवाहीका कारण हुन्छन् । दुर्घटनामा पनि २५ देखि ४० वर्ष उमेरका चालकहरुको संलग्नता बढी देखिएको छ । 

आजबाट उपत्यकामा शुरु भएको ‘ट्राफिक प्रहरी सम्मेलन तथा सडक सभ्यता अभिबृद्धि, सवारी दुर्घटना न्यूनिकरण’ कार्यक्रममा सवारी दुर्घटना सम्वन्धी उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो । 
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएस्पी बसन्तराज पन्तले राजधानीमा दुर्घटनाको अवस्था भयानक भएको बताए । 

‘सवारी दुर्घटना हुनुमा सबै भन्दा बढी मानवीय नियत र आचारणको कुरा आउछ’ उनले सवारी दुर्घटनाको विवरण प्रस्तुत गर्दै भने–२०७४-२०७५ सालमा ५ हजार ४सय २१ वटा सवारी दुर्घटना भएका छन् । 

ती मध्ये तिब्रगति ४६ वटा, मदिरा सेवनबाट १९८, यान्त्रिक गडबढीबाट ३९, ओभरटेकबाट २२, पैदलयात्रुको लापरवाहीबाट ५, सडकको दुरअवस्थाका कारण ४५ र चौपायका कारण ५ वटा सवारी दुर्घटना भएका छन् ।

सरकारी आँकडा अनुसार मुलुकभर ३० लाख ५२ हजार ३९७ वटा सवारी साधनहरु दर्ता गरिएका छन् । 

वागमतीमा मात्र १० लाख ७२ हजार ८५६ वटा सवारी दर्ता छन् । ती मध्य काठमाडौं उपत्यका मात्र १३ लाख सवारी साधनहरु गुड्ने गर्छन । 

महाशाखाका अनुसार, यी सवारी साधनहरुको ट्राफिक ब्यवस्थापनका लागि १ हजार ८४ जना ट्राफिक प्रहरीका सडकमा तैनाथ छन् । 

सवारी साधनको तुलनामा प्रहरीको संख्या निकै कम रहेको छ । एकजना ट्राफिक प्रहरीले साढे एक किलो मिटरमा गुड्ने सवारी साधन हुनुपर्ने हुन्छ । 

यसबाट प्रष्ट हुन्छ–नेपालमा सवारी दुर्घटनाको अवस्थाका बारेमा कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिका प्रमुख यादव प्रसाद कोइरालाले भने । 

काठमाडौंमा सडकको कुल लम्वाई २ हजार १४ किलो मिटर छ । तर, सवारी साधनको संखया सडकको लम्वाई भन्दा दोब्बर रहेको छ । 

कामपा प्रमुख कोइरालाले चालक तथा यात्रु सबै ट्राफिक सम्वन्धी सचेत भएको खण्डमा दुर्घटना न्यूनिकरण गर्न सकिने दावी गरे । 

चालक र यात्रुमात्र सवारी दुर्घटनाप्रति सचेत भए ७० प्रतिशत दुर्घटना रोक्न सकिने भनाई उनको छ । 

विशेष गरी काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटना रोक्न ट्राफिक प्रहरीले १७ बुंदे प्राथमिकतालाई अगाडि सारेको छ । 

मदिरा सेवन गरी सवारी चलाउनेलाई कडा कारवाही, लेन अनुशासन उलङ्घन गर्नेलाई चालकलाई कडाई कारवाही, ध्वनी प्रदुशरण नियन्त्रण, ट्राफिक जनचेतनामा विद्यार्थी तथा सर्वसाधारणलाई सहभागी गराउने र ट्याक्सीको भित्री भागमा पनि नम्वर प्लेट राख्न लगाइने छ । 

ट्राफिक सम्वन्धी जनचेतना जगाई सवारी दुर्घटना न्यूनिकरणका लागि आयोजित उक्त बृहत कार्यक्रममा बरिष्ठ कलाकार किरण केसीले ट्राफिक प्रहरीको वोली ब्यवहारमा परिवर्तन ल्याउनका साथै उनीहरुको तलव बृद्धिका विषयमा आवाज राखे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?