प्रदीप खड्काको ‘रोजी’ को बेकारको लफडा, नाम चेन्ज गरे के हुन्छ ?

काठमाडौं । चलचित्र विकास बोर्डले फिल्मको छायांकन स्थलबाट निर्माण टिमलाई उठाएपछि यतिबेला फिल्मको छायांकन रोकिएको छ । फिल्मको छायांकन रोकिँदा निर्माण टिमको समय र पैसा दुवैको नोक्सान भइरहेको छ । 

विकास बोर्डले नै रोक्न आदेश दिएको यो फिल्मको कथा वि.सं. २०६८ मा हत्या भएकी ललितपुरकी रोजी महर्जनको हत्याकाण्डसँग मिल्न सक्ने भन्दै रोजी महर्जनका परिवारले विकास बोर्डलाई मौखिक उजुरी दिएपछि विकास बोर्डले फिल्मको छायांकन रोकेको थियो । 

विकास बोर्ड, रोजी युनिट र महर्जनका परिवारबीच वार्ता चलेपनि फिल्म छायांकनमा जान सकेको छैन । यता महर्जनका परिवारले यो फिल्मको शीर्षक नै परिवर्तन गर्नुपर्ने माग गरेका छन् तर फिल्म युनिट भने कथा नमिलेको भनिरहेका छन् । पूरै कथा सुनाइसक्दा पनि महर्जनका परिवारले नमानेपछि बैठक नै स्थगित भएको थियो ।

निर्देशक निरक पौडेलले यो फिल्मको छायांकन रोकिँदा आफ्नो फिल्मलाई ठूलो घाटा भएको बताउँदै आएका छन् । यसरी छायांकन रोकिँदा आफ्नो फिल्म युनिटलाई लाखौंको घाटा भएको दाबी गर्दै आइरहेका छन् ।

उता हत्याकाण्डसँग कथा मिलेको भन्दै महर्जनका परिवारले नाम फेर्न दबाब दिएका छन् । यस्तो लफडा गर्नभन्दा बरु खुसुक्क नाम परिवर्तन गरेर अर्को कुनै सुहाउँदो नाम राखे त यो लफडा यसै सकिन्थ्यो नि ।

यदि नामले पूरै समुदायमा असर पर्छ भने त्यो निकै जटिल विषय हो । रोजी टिमले नाम फेरेर रोजीको सट्टा अर्को कुनै नाम राखेर फिल्मको छायांकन थाले लाखौंको लगानी डुबाउनु पर्थेन नि निर्देशक निरक पौडेल ज्यू ?
आखिर नाममा के नै राखेको छ र ?
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?