प्रहरीले ठमेलबाट भाले समात्यो

काठमाडौं । ठमेलक्षेत्रमा गुण्डागर्दी तथा चन्दा अशुली गर्ने गरेको आरोपमा भाले भन्ने दिनेश लामालाई प्रहरीले ठमेल क्षेत्रबाट पक्राउ गरेको छ । 

ठमेल क्षेत्रमा रात्रिकालिन ब्यवसायसँग सम्वद्ध भालेले ठमेल क्षेत्रका पर्यटन ब्यवसायीलाई धम्की दिएर रकम माग्ने, चन्दा अशुल्ने गर्न थालेपछि उनी विरुद्ध उजुरी परेको थियो । 

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले उनलाई नियन्त्रणमा लिएको हो । उनी विरुद्ध केही सार्वजनिक अपराध अन्तरगत मुद्धा दर्ता गरिएको छ । लामा दिपक मनाङ्गे समूहको सदस्य भएको जानकारी प्रहरीले दिएको हो । 

वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक पोखरेलले धम्की दिने र चन्दा अशुल्ने गर्न थालेपछि भालेलाई नियन्त्रणमा लिएको बताए । 

लामा ठमेलका डिस्को र रेष्टुरेण्टमा खाएको बिल समेत नतिरी हिड्ने गरेको गुनासो पटक–पटक आउने गरेको थियो । 

विशेष गरी रात्रिकालिन ब्यवसायलाई गुण्डागर्दीको आधार बनाउँदै आएका लामालाई यसअघि एक अबैध हतियार बरामद घटनामा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको हो । लामा काभ्रेली गुण्डा समूहका सदस्य पनि हुन ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?