काठमाडौं। डा. खगेन्द्र स्पोर्टस् फाउन्डेसनले खेलकुद सम्बन्धी गीत बजारमा ल्याउने भएको छ ।
फाउन्डेसनले पत्रकार सम्मेलनको आयोजना गर्दै ६ वर्षअघि नै तयार पारिएको गीत यहि शनिबार ओलम्पिक डेको अवसर पारेर सार्वजनिक गरिने बताएको छ । गीत ६ वर्षअघि नै तयार भए पनि विविध कारणले त्यतिबेला सार्वजनिक गर्न नसकेको र अहिले भिडियोसहित गीत बजारमा ल्याउन लागेको जानकारी गराएको छ ।
फाउन्डेसनका अध्यक्ष खगेन्द्रबहादुर श्रेष्ठले सबैमा खेलकुदप्रति जागरण तथा अभिरुचि बढाउने उद्देश्यले खेलकुदका गीतहरू तयार पारिएको बताए । ‘खेलकुदलाई विषयवस्तु बनाएर रचना गरिएका गीतहरू नगन्य मात्रामा रहेको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘त्यसैले मैले एकल प्रयासमा नै गीत तयार पारेको हुँ । आशा छ, यो खेलकुदसम्बन्धी गीत सबैको मुखमा गुन्जनेछ ।
एल्बममा तीन गीत समावेश रहेका छन् । सबै गीतमा डा. खगेन्द्र श्रेष्ठले नै स्वर भरेका छन् । गीतको लोकार्पण भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा ९ असारमा हुनेछ । फाउन्डेसनले स्थापनाकालदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागी तथा पदक विजेताहरुलाई सम्मानित गर्दै फाउन्डेसनको स्थापना २०६५ मा भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया