अस्ट्रेलिया र डेनमार्कविचको पहिलो हाफको खेल सकियो, दुवै टिमबाट एक—एक गोल

रसिया। फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘सी’ मा रहेको अस्ट्रेलिया र डेनमार्कविचको पहिलो हाफको खेल सकिएको छ । 

सामरा एरिनामा भइरहेको खेलमा अस्ट्रेलियाले डेनमार्कलाई एक—एक गोलको बराबरीमा रोकेको छ । खेल सुरु भएको ७ मिनेट पनि बित्न नपाउँदै डेनमार्कका लागी क्रिस्टियन एरिक्सन ले पहिलो गोल गदै टिमलाई सुरुवाती अग्रता दिलाए ।

एरिक्सनले गोल गरेपछि निकै आक्रामक खेल खेलेको अस्ट्रेलियाले ३८ औ मिनेटमा पेनाल्टी हान्ने मौका पायो । सो अवसरलाई माइल जेदीनाकले सदुपयोग गदै गोलपोष्टको जाली चुमाएका थिए ।

अब केहीबेरमा दोस्रो हाफको खेल सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?