काठमाडौंको जम्बु डाँडामा प्रहरीले गोली चलायो

काठमाडौं । महानगरीय अपराध महाशाखाले अमर तामाङमाथि गोली प्रहार गरेको छ । लुटपाटमा संग्लग्न रहेका अमर तामाङलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड गोली चलाएको छ ।
लुटेरा तामाङ घाइते भएका छन् ।

साथै प्रहरीले तामाङको साथबाट एउटा कटुवा पेस्तोल, दुई राउण्ड गोली र १२ सय अमेरिकी डलर पनि बरामद गरेको छ ।

बौद्ध स्थित जम्बु डाँडामा प्रहरीले गोली चलाएको हो । प्रहरीले दिएको जानकारी अनुसार सस्तोमा डलर साटिदिने भन्दै तामाङले अठार लाख लुटपाट गरेका थिए ।

घटनाको थप विवरण आउन बाँकी छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?