अस्ट्रेलियाको नकआउट चरणमा प्रवेश गर्ने सम्भाबना जिवितै, डेनमार्क बराबरीमा रोकियो

रसिया। जारी फिफा विश्वकप अन्तर्गत समूह चरणको दोस्रो खेलमा अष्ट्रेलियाले डेनमार्कसँग बराबरी खेलेको छ । 

सामारा एरेनामा बिहीबारराती भएको समूह ‘सी’ को खेलमा अष्ट्रेलियाले डेनमार्कसँग १—१ गोलको बराबरी खेलेको हो । बराबरीपछि ४ अंक बनाएको डेनमार्क अघिल्लो चरण प्रवेशको नजिक पुगेको छ भने अस्ट्रेलियाले पनि नकआउटमा पुग्ने सम्भाबनालाई जिवितै राखेको छ ।

खेल सुरु भएको ७ मिनेट पनि बित्न नपाउदै डेनमार्कका लागी क्रिस्टियन एरिक्सनले पहिलो गोल गदै टिमलाई सुरुवाती अग्रता दिलाए । एरिक्सनले गोल गरेपछि निकै आक्रामक खेल खेलेको अस्ट्रेलियाले ३८ औ मिनेटमा पेनाल्टी हान्ने मौका पायो । म्याथ्यु लेकीको प्रहार डेनमार्कका युसुफ पउलसेनले डिबक्स भित्र हातले छोएपछि भिडियो एसिस्टेन्ट रेफ्री भारले अष्ट्रेलियालाई पेनाल्टी दिएको थियो ।

सो अवसरलाई माइल जेदीनाकले सदुपयोग गदै गोलपोष्टको जाली चुमाएका थिए । प्रतिस्पर्धात्मक खेलको निर्धारित समयसम्म दुवै टिमले केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेनन् र खेल १—१ गोलको बराबरीमा सकियो ।

बराबरीपछि दुवै टिमले समान १—१ अंक बाडेका छन् । पहिलो खेलमा पेरुलाई हराएको डेनमार्कले यो बराबरीसँगै समूहमा ४ अंक बनाएको छ । अष्ट्रेलियाको भने यो पहिलो अंक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?