अर्जेन्टिनालाई क्रोएसियाले ३-० ले हरायो, अर्जेन्टिना डेन्जर जोनमा

रसिया । रसियामा जारी फिफा विश्वकपको आज भएको अर्जेन्टिना र क्रोएसियाको खेलमा अर्जेन्टिनालाई क्रोएसियालाई ३–० ले पराजित गरेको छ ।

अर्जेन्टिनाले गोल गर्ने केही मौका पाएपनि त्यसको सदुपयोग गर्न सकेन । विश्वकै ध्यान तानेका मेस्सीले पनि खेलमा कुनै जादु गर्न सकेनन् ।

पहिलो हाफको मध्यसम्म खेल बराबरीमै रहेपनि पछि भने क्रोएसियाले खेललाई दबाबमा राखेको थियो ।

अर्जेन्टिनाको विश्वकप नकआउटमा चरणमा पुग्ने सम्भावना कम भएको छ । तर, मौका भने छ । अर्जेन्टिनाका गोलकिपर पनि कमजोर देखिँदा त्यसैको फाइदा उठाउँदै क्रोएसियाका खेलाडीले सहजै गोल गरेका थिए ।

पहिलो हाफमा बराबरीमा पुगेको खेलमा क्रोएसिलाले उत्कृष्ट प्रर्दशन गर्दै अर्जेन्टिना विरुद्ध तीन गोल गरेको हो ।

अर्जेन्टिनासँग खेलेको क्रोएसिया नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनेको छ । आजको खेलसँगै क्रोएसियाले ६ अंक बनाएको छ । अर्जेन्टिना सन् २००२ पछि समूह चरणमा यसपटक हारेको हो ।

क्रोएसियाका खेलाडी एन्टे रेविकले पहिलो गोल गरेका थिए । त्यसको लगत्तै अर्जेन्टिना केही आक्रामक देखिएपनि पछि भने उत्कृष्ट खेल देखाउनबाट चुक्यो ।

खेलको ८० औं मिनेटमा लुका मेड्रिकले १ गोल र अन्तिम समयमा इभान रकिटिकले १ गोल गरेका थिए ।

आज पराजित भएसँगै अर्जेन्टिना डेन्जर जोनमा पुगेको छ । अर्जेन्टिनालाई अब नकआउट चरणमा पुग्न गाह्रो हुनसक्छ तर सम्भावना भने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?