आरोपित एक अर्को बलत्कारी बाबा

एजेन्सी :पछिल्ला केही वर्षहरूमा धर्मको टेको लिएर अपराध गर्ने र अपराधीहरूलाई आश्रय दिने कथित बाबाहरूका विरूद्ध भारतीय गृहप्रशासनले गरेको कारबाहीबाट केही बाबा जेलका फलामे बार पछाडि धकेलिएका छन् भने केहीलाई त्यतातिर धकेल्ने तयारी भइरहेको देखिएको छ ।

यसैबीच बलत्कारी बाबाका विरूद्ध जेनतेन प्रहरी समक्ष उजुरी दर्ता गरिएपछि ती आरोपित बलत्कारी बाबा  पक्राउ हुनबाट जोगिएका छन् । वा भनौ उनले सत्ताको कुनै एक पक्षको टेकोको आडमा आफूलाई सुरक्षित राख्न सुरक्षा घेराको तयारी गरिरहेका छन् ।

२५ वर्षीया पीडित युवतीले ती बाबाले सन् २०१६मा बलत्कार गरेको प्रसंग खुलाउँदा यसो भनेकी छिन् । –बाबाले मलाई प्रभावित पार्न भने “ तिमी बाबा की हौ र बाबा तिम्रा ।तिमी कुनै नयाँ काम गर्न गइरहेकी छैनौं । सबैले गर्दै आएका छन् । हिजो मेरो पालो थियो । आज तिम्रो पालो हो ।भोलि खै कसको पालो हुनेछ । बाबा समुद्र छन् हामी सबै त्यसमा रहने माछा हौं । यसलाई ऋण समझीकन चुक्ता गर ।”

भारतका उच्चस्तरीय बाबा मध्येका एक दाती महाराजले ती युवतीलाई यसरी फँसाएर बलत्कार गरेको आरोप ती पीडितको छ ।

उता पीडितले दायर गरेकी तीन पृष्ठको ऊजुरीलाई गलत भन्दै विभिन्न मिडिया च्यानालको प्रयोग गरी आरोपलाई आधार हीन बताउन थालेका छन् ।

दिल्लीको फतेहपुर बेरी स्थित प्रख्यात शनिधाम मन्दिरका संस्थापक दाती महाराज आफूलाई शनि देवका उपासक दाबी गर्छन् । उनी हाइप्रोफइल बाबाहरूमा पर्छन् ।

पीडितले दाती महाराज विरूद्ध ६ जुन २०१८मा ऊजुरी दर्ता गराई बलत्कारको आरोप लगाएकी छिन् ।

पीडितका वकिल प्रदिप तिवारीका अनुसार दिल्ली प्रहरीले उनको ऊजुरी धेरै प्रतिक्षा गराएपछि स्वीकार गरेको थियो ।

६ जुनको ऊजुरी लिएर गएको भएपनि प्रहरीले १० जुनको त्यो ऊजुरी स्वीकार गरिएको थियो ।

ऊजुरीमा धारा ३७६,३७७,३५४ र ३४ उल्लेख गरिएको छ ।

अब यो मुद्दाको जाँच दिल्ली क्राइम ब्रान्चले गरिरहेको छ ।

दिल्ली क्राइम ब्रान्चका समक्ष दाती महाराज प्रस्तुत भए ।

करिब ७ घन्टाको सोधपुछ भएपनि उनको गिरफ्तारी भने भएको छैन् ।

ऊजुरी परेको ११ दिन भइसकेको छ  ।

वकिलका अनुसार पीडितले प्रधानमन्त्री र महिला आयोगमा समेत १३ नियोगमा यसबारे पत्र लेखेको भएपनि अहिलेसम्म कसैले चासो दिएको छैन् ।

उनले क्राइम ब्रान्चले मुद्दालाई अन्यत्र मोडने प्रयास गरेको आरोप लगाए ।

उता दाती महाराजले बीबीसीसँगको कुराकानीमा आफ्नो स्वास्थ्य ठीक नभएको र स्वास्थ्यमा सुधार भएपछि तत्कालै अन्तर्वार्ता दिउँला भनेका थिए ।

उनले इन्डिया न्युजसँगको अन्तर्वार्तामा आफूले प्रहरी समक्ष विषयवस्तु राखेको छु र यो विषय रकम लेनदेनसँग सम्बन्धित रहेको जनाए । साथै उनले भने “ आफू नारी शक्तिको पुजारी छु , उनी (पीडित) छोरी जस्तो भएकोले उनका बारेमा म केही भन्दिन”

दिल्ली क्राइम ब्रान्चका डीसीपी राजेश देवका अनुसार  दाती महाराज विरूद्ध लगाइएका आरोप धेरै गम्भीर प्रकृतिको छ । हाम्रो जाँच जारी छ । हामीले कसैलाई क्लिन चिट( सफाई ) दिएको छैन् । प्रमाण लिएर उचित समयमा तपाईसँग कुरो गर्ने भनि बीबीसीलाई देवले बताए ।

यो मामिला उच्चस्तरीय बाबाको भएकाले क्राइम ब्रान्च गम्भीररूपमा जाँच गरिरहेको छ ।

बलत्कारको केस तत्काल आएमा प्रमाण संकलन गर्न सजिलो हुने गरेको तर यो मामिला २ वर्ष पुरानो भएकाले प्रहरीलाई प्रमाण जुटाउन गाह्रो भइरहेको दिल्ली प्रहरीले जनाएको छ । पीडितको मेडिकल जाँच भइसकेको छ ।

बलात्कारको मामिलामा प्रहरीले तीन प्रमाणका आधारमा कारबाही अगाडि बढाउँछ । पहिलो शारीरिक साक्ष्य जस अन्तर्गत बलजफ्ती गरेका शारीरिक प्रमाण । दोस्रो जैविक प्रमाण जसअन्तर्गत वीर्य लगायतका वस्तु पीडितका लुगा आदिमा फेला परेको प्रमाण ।

तेस्रो परिस्थितिजन्य साक्ष्य अन्तर्गत बलत्कार भएको स्थानमा उपस्थित व्यक्ति वा त्यसको जानकारी ।

प्रहरीसँग परिस्थितिजन्य साक्ष्यको आधारमा काम गर्नुपरेको छ । पीडितले दाती महाराजका अतिरिक्त अन्य तीन जनाको विरूद्ध पनि बलात्कारको आरोप लगाएकी छिन् । प्रहरी स्रोतका अनुसार दाती महाराजले प्रहरीलाई जाँचमा सहयोग गरेकाले उनको गिरफ्तारी नभएको हो ।

दाती महाराजका असली नाम मदन मेघवाल हो । उनको जन्म राजस्थानको पाली जिल्लामा १० जुलाई १९५०मा भएको थियो ।

यिनको साम्राज्य दिल्ली देखि उत्तर प्रदेशसम्म फैलिएको छ । दिल्लीको छतरपुरमा विशाल शनिधाम मन्दिर छ । भारतभर ४ कार्यालय छन् ।

दिल्लीको महरौली , राजस्थानको पाली , जयपुर र मुम्बईमा यी शाखाहरू छन् । यसका अतिरिक्त उनले  श्री सीध शक्ति पीठ, श्री शनिधाम ट्रस्ट, शनिधाम गोशाला र पक्षिधाम लगायतका ट्रस्टसञ्चालन गरिरहेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?