पुटिनको रसिया विनाश हुँदै छ र ?

एजेन्सी : सन् १९९९मा रुसी सत्ताको सत्तारोहण गरेका राष्ट्रपति भ्लादिमरि पुटिनको रुस उदाउँदो , अस्ताउँदो वा स्थिराउँदो कुन अवस्थामा रहेको विषयमा विश्लेषकहरूले बहस थालेका छन् ।

पुटिनको आगामी ६ वर्षे कार्यकालमा रुस कहाँ उभिन्छ  भन्ने बहसको केन्द्रीय भाग हो ।

केहीले पुटिनको रसिया धराशायी हुँदै छ भन्छन् भने केहीले अमेरिका पछिको दोस्रो बन्दै छ ।

रुस ह्रासोन्मुख गइरहेको पक्षमा प्रिन्सटन युनिभर्सिटीका स्टिफन कोटकिन, क्याटो इन्स्टिच्युटका  डग ब्यान्डउ, हार्वर्डका प्राध्यापकहरू जो नी र स्टिफन वाल्ट छन् ।

वासिंटन आधारित जेम्सटाउन फाउन्डेसनले गत वर्ष २०० पृष्ठको एक विशेष परियोजनामा आधारित पुस्तक “रसिया इन डिक्लाइन” ल्यायो ।

अन्य विश्लेषकहरूले २१औं शताब्दीमा रुस ध्वंसको नजिक पुगिरहेको छ वा अन्तिम सास लिने पीडाको अवस्थामा छ ।

रुस वास्तवमा अझ बढी शक्तिशाली छ त ?

ताइवानको गो गुगाआंग विश्वविद्यालयका चिन लुंग चांगले शीतयुद्ध पछिको विशवमा रुस अझ दोस्रो स्थानमा रहेको तर्क गर्छन् ।

अमेरिकाको राष्ट्रिय सुरक्षा रणनीति( द युएस नेशनल सिक्युरिटी स्ट्रटिजीले अमेरिकी सताका लागि रुसी चुनौतीहरू छन् र रुस महान शक्तिको प्रतिस्पर्धामा छ भन्ने दाबी ग-यो । 

जर्जटाउन युनिभर्सिटी एन्डरू कुचिन्सले रुस साथसाथ उकालो र ओरालो गरिरहेको भनेर लेख्छन् ।

राष्ट्रिय शक्तिमा रुस

साइमन साराझियान र नबि अब्दुलाएभले रुसलाई राष्ट्रिय शक्तिको रूपमा तय गर्छन् ।

उनीहरूले गरेको नयाँ अनुसन्धानमा राष्ट्रिय शक्तिका लागि चार नमूना तय गरेका छन् ।

यी मध्ये तीनले सन् १९९९देखि रुस सत्तामा उदाएको खुलाउँछन् त्यतिबेला पश्चिम हराएका छन् ।

निसन्देह शक्तिलाई मापन गर्ने विषय एक ठूलो प्रश्नवाचक चिन्ह हो ।

उनीहरूका विश्लेषणमा उनीहरूले बृहत क्षेत्रको आँकडालाई विश्लेषण गरी सन् १९९९ देखि रुस राष्ट्रिय शक्तिको रूपमा रहेको बताएका छन् ।

यी आँकडाहरूमा आर्थिक उत्पादन, ऊर्जा खपत, जनसंख्या, आयु, सैनिक खर्च, सरकारको प्रभावकारिता र अझ विशेष प्राधिकार (प्याटेन्ट)सम्बन्धी विषय समेत समावेश गरिएका थिए ।

एक तुलनात्मक परिदृश्यमा उनीहरूले रुस र समग्र विश्वलाई अलग राखेर अध्ययन गरेर ।

यसमा केही मुख्य प्रतिस्पर्धी समूह जसमा ५ अगुवा पश्चिमा शक्तिहरूमा अमेरिका, जर्मनी, बेलायत, फ्रान्स र इटली,  ब्रिक्सका ४ सदस्य देशहरू ब्राजिल, भारत,चीन र दक्षिण अफ्रिका र बाल्टिक गणराज्य बाहेकका सबै पूर्व सोभियत गणतन्त्रहरू र तेल र ग्यासको उत्पादक राष्ट्रहरूबीचको अध्ययन उनीहरूले गरेका छन् ।

 यसको गुणस्तरीय परिणामका लागि उनीहरूले राष्ट्रिय शक्तिका तीन विद्यमान नमूना विधिहरूलाई अंगीकार गरे र चौथोलाई प्रायोगिक नमूनाको रूपमा विकास गरे ।

जस अनुसार पहिलो नमूना विधिमा एकल चर(सिंगल भ्यारिएबल) मापन विधि हो ।

रुसको कुल गार्हस्थ्य उत्पादन र विश्वको कुल गार्हस्थ्य उत्पादन(जीडीपी)को अनुपात र तुलनायोग्य देशहरूको खरिद शक्ति समानताको आधारमा विशेषगरी स्तरीय वस्तुको खरिदको शर्तमा तय गरिएको जीडीपीको अनुपात हो ।

यो मापनमा रुस ५ देशहरूको समूहको सम्रग विश्व भन्दा तीव्रगतिमा विकास गरिरहेको छ ।

चीन र भारत भन्दा पछि छ । चीनले सन् २०१६मा राष्ट्रिय शक्तिको निरपेक्ष मूल्य( अब्सलुट भ्यालु)को आधारमा अमेरिकालाई पछाडि पा-यो ।

दोस्रो विधिमा उनीहरूले देशहरूको जनसंख्या,भूमिको क्षेत्र, जीडीपी र सैनिक शक्तिलाई मापनको आधार बनाए । यसमा पनि रुसका नतिजाहरू पहिला मोडेलको आधारमा आयो र चीन फेरि अमेरिका भन्दा बढी शक्तिशाली देखा प-यो ।

तेस्रो नमूना विधिमा देशको जनसंख्या, शहरी क्षेत्रको जनसंख्या, ऊर्जा खपत, सैनिक खर्च र मूल्य अभिवृद्धि उत्पादनहरूलाई समावेश गरियो ।

यसमा पाँच पश्चिमा अगुवा देशहरूको तुलनामा स्पस्ट रूपमा धेरै राम्रो देखा प-यो ।

बाँकी समग्र विश्वको तुलनामा हलुका केही मात्र तल देखियो । यो विधिमा राष्ट्रिय शक्तिका सबै तत्वहरू सैनिक खर्च बाहेक समग्र विश्वको तुलनामा विस्तारै विकास गरेको पाइयो ।

यसमा पनि सन् २०१६मा चीन अमेरिका भन्दा बढी शक्तिशाली देश रहयो ।

चौथो कल्पित नमूना विधि राष्ट्रिय स्रोत साधनको आधारमा तय गरियो ।

यसमा भूमि, जनसंख्या, आर्थिक शक्ति, सैनिक शक्ति र प्राविधिक सक्षमता र स्रोत साधनको परिचालन गर्न सक्ने राष्ट्रिय सक्षमता समेत समावेश गरियो ।

यस आधारको बृद्धिमा रुसले पश्चिमा ५ देश , चीन र भारतसमेतलाई मात दियो ।

तर निरपेक्ष शर्तमा रुस अमेरिका ,चीन र भारत भन्दा कमजोर देखियो । 

यो नमूना विधिमा अमेरिकाले चीनलाई मात दियो ।

पुटिनका पहिलो दुई राष्ट्रपतिय कार्यकालमा प्रभावशाली शासनमा बृद्धि भएको र सैनिक खर्चमा तीव्र बृद्धिले गर्दा यो नमूना विधिमा रुसले बेजोड बृद्धि गरेको उनीहरूको बुझाइ छ ।

समग्रमा उनीहरूको निष्कर्ष

रुसको आसन्न मृत्युको दाबी निराधार देखिन्छ । सबै नमूना विधिले त्यस मध्ये एकले रुस समग्र विश्वकै जस्तै रुसी सत्ता २१ औं शताब्दीमा विकास गरेको दर्शायो ।

समग्रमा सबै चारवटै नमूना विधिले रुस पश्चिमा देशहरू जस्तै रुसी सत्ताले विकास गरेको देखाउँछ ।

निरपेक्ष शर्तमा चारवटै विधिमा रुसी सत्ता अमेरिका भन्दा कमजोर देखिएको छ ।

एक विधिले जर्मनीलाई रुसले पछयाइरहेको देखायो । चारवटै विधिका आधारमा रुस निरपेक्ष शर्तमा चीन र भारत भन्दा पछि देखियो ।

रुसले राष्ट्रिय सत्ता प्राप्त गर्छ । तर आर्थिक कमजोरीका साथै जनसांख्यिक सुधारहरू विशेषगरी सोभियत सत्ता पश्चातको जनसंख्यामा ह्रास र सन् २०११ देखि २०१५बीचको न्यून बृद्धिले रुसका झण्डा बुलन्द भइरहेको संकेत दिन्छ ।

चीनको सन्दर्भमा रुसको ह्रास र पश्चिमा प्रतिस्पर्धीका सन्दर्भमा रुसको उदयले मस्कोलाई चीनसँग बढदो हिमचिम र पश्चिमासँगको चुनौतीको स्वीकारोक्तिको विषयलाई व्याख्या गर्न सहयोग गर्न सक्ने उनीहरूको बुझाइ छ ।

पश्चिमा गठबन्धनसँग जर्जिया र युक्रेन एकीकरण गर्न खोजेको देखेपछि पूर्व सोभियत गणराज्यमा गरिएको सैनिक हस्तक्षेले रुसलाई हौसला बढाएको देखियो दृष्टान्त उनीहरूले प्रस्तुत गरेका छन् ।

यदि उनीहरू राष्ट्रिय शक्ति र सैनिक हस्तक्षेपबीचको सम्बन्धका बारेमा सही छन् भने राष्ट्रिय शक्तिमा भइरहेको परिवर्तनको पर्यवेक्षणले राष्ट्रिय शक्तिको  तिनका प्रतिस्पर्धीसँगको व्यवहारलाई पूर्वानुमान गराउन सहयोग गर्न सक्छ ।

पिंधको रेखा (बटम लाइन) के हो त ? विश्व अब एक ध्रवीय छैन ।

उनीहरूका अनुसन्धानले शीतयुद्ध पछिको विश्वमा अमेरिकाको वैश्विक वर्चस्व समाप्त भइरहेको देखाउँछ ।

यी नतिजाहरूले विश्व महान शक्ति प्रतिस्पर्धाको युगमा फर्किरहेको देखाउँछ ।

तीन विधिहरूले चीनले अमेरिकालाई राष्ट्रिय शक्तिको शर्तमाा मात दिइ सकेको देखाउँछन् ।

तर विश्वको एक्लो वर्चस्व कायम गर्ने शक्ति २१औ शताब्दीको शुरूवातमा अमेरिका भएजस्तो वा १९औं शताब्दीको अन्त्यमा बेलायती सम्राज्य भएजस्तो शक्तिको रूपमा  स्थापित हुन अझ धेरै टाढाको विषय रहेको देखाउँछ ।

निश्चित होऔं मस्कोलाई २१औं शताब्दीमा राष्ट्रिय शक्तिको व्यवस्थापन र बृद्धि गरिरहन ठूला चुनौतीको सामना गर्नुपर्छ तर यी विधिहरूबाट नतिजाहरूले रुस ध्वस्त भएको पूर्वानुमानमा केही पूर्वाग्रह रहेको दर्शाउछन् ।

तर  विषयको मापन जे भएपनि रुसले विशवका खेलाडीहरू माझ रहनेछ र आउँदा दिनमा विश्वसँग संलग्न रही विश्व शक्तिको क्रमलाई प्रभावित गर्ने छ ।

साइमन साराझियानिस हार्वर्ड केनेडी स्कूलको विज्ञान तथा अन्तर्राष्ट्रिय मामिलासम्बन्धी बेल्फर केन्द्रमा रसिया विषयका परियोजनाका निर्देशक हुन् ।

मस्को युनिभर्सिटीमा मस्को स्कूल अफ सोसल साइन्स एन्ड इकोनोमिक साइन्सेजका प्राध्यापक र विश्वव्यापी व्यवसाय जोखिम परामर्शदाता समूह कन्ट्रोल रिस्क्सका सह निर्देशक हुन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?