इन्धन किफायती पारिवारिक कार सुजुकी सेलेरियो सार्वजनिक

लोकपथ
98
Shares

काठमाडौं । नेपालको सबै भन्दा इन्धन किफायती पारिवारिक कार सुजुकी सेलेरियो सार्वजनिक गरेकाे छ ।

नेपालका लागि सुजुकी चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले सबैभन्दा धेरै इन्धन प्रभावकारी पारिवारिक कार ‘सुजुकी सेलेरियो’ सार्वजनिक गरेको हाे ।

सर्वाधिक माइलेज दिने सो गाडीको लो रनिङ कस्टका कारण बढ्दो पेट्रोलियम पदार्थको मूल्यवृद्धि भारबाट केहि राहत मिल्ने कम्पनीको बिश्वास रहेको छ ।

नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फर्स्ट–इन–सेगमेन्ट सुरक्षा, र सुविधायुक्त सुविधाहरू भएको कम्पनीले जनाएको छ । सेल्स एण्ड मार्केटिङका महाप्रबन्धक सिराज पन्तका अनुसार सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो ।

न्यु जेनेरेशन सेलेरियो मा अझै धेरै माइलेज, बिना सम्झौताको सुरक्षा र सुविधाजनक फिचर रहेको छ साथै यसको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित र उत्त्साहित गर्नेछ । अल न्यू सेलेरियोले थ्रिडी अर्गानिक स्कल्प्ड डिजाइनको साथै गतिशील स्ट्यान्स प्रदान गर्दछ। स्टाइलिश थ्रिडी अर्गानिक स्कल्प्ड डिजाइन ले बजारमा कम्प्याक्ट ह्याचब्याक खण्डलाई पुनः परिभाषित गर्ने कम्पनीले जनाएको छ ।

एनिमेटेड स्वीपिङ फ्रन्ट हेडल्याम्प, ड्रपलेट स्टाइल टेल ल्याम्प र क्रोमसहितको नयाँ रेडियन्ट सिग्नेचर फ्रन्ट ग्रिलले यसको ताजा उत्साहजनक डिजाइन सिग्नेचरलाई जोड दिन्छ। १५” (३८.०२ सेन्टीमिटर) अर्बन कालो अल्लो पाङ्ग्रा र अगाडिको फग ल्याम्पले यसमा जीवन्त शैलीको आकर्षण थप्दछ ।

नयाँ सेलेरियोलाई थप आरामको लागि ऊर्जावान र फराकिलो केबिन विचारपूर्वक डिजाइन गरिएको छ। स्वीपिङ क्यारेक्टर लाइनहरू र अर्गानिक स्कल्प्टेड थ्रीडी इन्स्ट्रुमेन्ट प्यानलले नयाँ सेलेरियोलाई अझै प्रिमियम फिल दिएको छ। उज्यालो क्रोम एक्सेन्टसहितको ट्विन स्लट सेन्टर एसी भेन्टिलेसन, बोल्डब्यारेल–थीम साइड एयर भेन्ट्सले भित्रीडिजाइनलाई थपआकर्षक बनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?