युरोपियन युनियनले अमेरिकी सामानमा लगायो महशुल

एजेन्सी : युरोपियन युनियनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिको विरोधमा अमेरिकी सामानहरूमाथि थप महशुल थपेको छ ।

युरोपियन युनियनले जस्ताको त्यस्तै नीति अन्तर्गत अमेरिकी वस्तुमाथि महशुल थपेको हो ।

शुक्रबारदेखि लागु हुने गरी २.८ अर्ब युरो बराबरको अमेरिकी वस्तुमा महशुल लाग्ने भएको छ ।

अमेरिकी ह्विस्की ,मोटरसाइकल र अरेन्ज जुसजस्ता वस्तुमा यो महशुल लाग्ने जनाइएको छ ।

युरोपियन कमिसनका अध्यक्ष जीन क्लाउड जन्करले अमेरिकाले इयुको सामानमा महशुल थपेर सबै तर्क र इतिहासको विरूद्ध गएको बताए ।

यसैगरी भारतले पनि अमेरिकी वस्तुहरूमाथि महशुल थपेकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?