‘पण्डित बाजेको लौरी’ को यस्तो ट्रेलर (भिडियो)

काठमाडौं । डार्क कमेडीमा सामाजिक कथा उठाएर निर्माण गरिएको चलचित्र ‘पण्डित बाजेको लौरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा कमेडी, प्रेम, रोमान्स, बदलाका आरोह अवरोह छन् । वादी समुदायको कथालाई लिएर चलचित्र निर्माण गरिएको हो ।

दीपक ओलीले निर्देशन गरेको यो फिल्मलाई महेश दवाडीले लेखेका हुन् । कमेडी फिल्ममा पनि केही फरक देखिएको यो फिल्ममा सन्ध्या केसी बदेनीको भूमिकामा देखिएकी छिन् । त्यस्तै चलचित्रमा भोलाराज सापकोटा, प्रविण खतिवडा, भोलाराज सापकोटा, प्रविण खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिष्का पोखरेल लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रले बादी समुदायको कथालाई उठाएको छ ।

यो चलचित्रलाई विदुर पाण्डेले छायांकन गरेका हुन् भने मित्र डी गुरुङले सम्पाद गरेका छन् । चलचित्र आउँदो साउन ४ गतेबाट प्रदर्शनमा आउँदैछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?