विश्वकपमा आज को को भिड्दैछ ?

रसिया। जारी २१ औ संस्करणको विश्वकप फुटबलमा आज पनि तीन खेल हुदैछ । आँठौ दिनको खेलको समाप्तीसँगै प्रतियोगितामा अप्रत्यासित नजिता आउने क्रम रोकिएको छैन ।

उपाधिको दाबेदारका रुपमा हेरिएको अर्जेन्टिना क्रोएसियासँग ३–० पराजित भएको छ । हारसँगै अर्जेन्टिनाको अघिल्लो चरण प्रवेशको सम्भाबना न्युन रहेको छ । पहिलो खेलमा बराबरीमा रोकिएको समूह ‘इ’ मा रहेको ब्राजिलले आज साँझ कोस्टारिकाको सामना गर्दैछ ।

यि दुई टिमविचको खेल सेन्ट पिटसवर्ग स्टेडियममा नेपाली समयअनुसार ५ः४५ बजेपछि सुरु हुदैछ । समइ ‘इ’ को पहिलो खेलमा सर्बियाले कोस्टारिकालाई १–० ले हराउँदा अर्को खेलमा ब्राजिल स्वीट्रल्यान्जसँग १–१ को बराबरीमा रोकिएको थियो ।

यता आजै राती हुने अर्को खेलमा समूह ‘डी’ मा रहेको नाइजेरियाले आइसल्यान्ड तथा समूह ‘इ’ मा रहेको सर्बियाले स्वीट्रल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

पहिलो खेलमा अर्जेन्टिनालाई १—१ गोलको बराबरीमा रोकेको आइसल्याण्डले प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्दै आइरहेको छ ।

यता नाइजेरिया भने क्रोएसियासँग २–० ले पराजित भएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?