भिन्दै स्वादको ‘रोमियो एण्ड मुना’ को ट्रेलर (भिडियो)

काठमाडौं । फिल्म ‘निभ्न लागेको दियो’ निर्माण गरेर चर्चामा आएका निर्देशक नरेशकुमार केसीले निर्देशन गरेको दोस्रो चलचित्र ‘रोमियो एण्ड मुना’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

पूर्व मिस नेपाली सृष्टि श्रेष्ठ र विनय श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र लभ स्टोरी जानरामा निर्माण भएको हो । चलचित्रमा सुष्मा कार्की, सुजल गिरी, सुरक्षा पन्त लगायतले पनि अभिनय गरेका छन् ।
यसअघि नै चलचित्रले गीत सार्वजनिक गरेको थियो । गीतले राम्रै चर्चा पाएका थिए । फिल्ममा भीएफएक्सका माध्यमबाट राक्षस बनाइएको छ ।

झण्डै दुई वर्ष लागेर फिल्म सकिएको हो । चलचित्रमा प्रयोग गरिएको भीएफएक्सका कारण पनि फिल्म पूर्णत निर्माण हुन समय लागेको बताइएको छ ।

साउन ११ गतेबाट देशभर रिलिज हुने यो फिल्मलाई प्रसन्नमान गोपाली, दुल्सार मगर, शिवराम गिरी, प्रवल ढकाल लगायतले निर्माण गरेका हुन् भने फिल्मलाई लोकेस बज्राचार्यले सम्पादन गरेका हुन् । सुशील न्यौपानेले कलर कम्बिनेसन गरेको यो फिल्मको कथालाई निर्देशक नरेश कुमार केसीले नै लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?