नेपाल भर्सेज यूएई : विश्वकप यात्राको अग्निपरीक्षा

काठमाडौं । नेपाली क्रिकेट टोली आइसीसी टी-२० विश्वकप ग्लोबल छनोटको पहिलो सेमिफाइलनमा सयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध मैदानमा सुरु भएको छ ।

युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपाल बलिङमा उत्रिएको छ ।

नेपालका लागि यूएईविरुद्ध खेल निक्कै महत्वपूर्ण रहेको छ । किन भने नेपालले विश्वकप यात्रा गर्ने वा नगर्ने भन्ने आजको खेलमा भर्पर्ने छ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा सुरु भएको खेलमा जित निकाले नेपाल दोस्रो पटक विश्वकपमा छनोट हुनेछ । यसअघि नेपाल पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो ।

नेपालले समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा स्थान सुरक्षित गर्दा यूएई समूह ‘ए’ को उपविजेताको हैसियतमा सेमिफाइलनमा पुगेको हो ।

नेपाल समूह चरणका तीनै खेलमा जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो। नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले, दोस्रो खेलमा फिलिपिन्सलाई १३८ रनले र तेस्रो खेलमा क्यानडालाई आठ विकेटले पराजित गरेको थियो ।

यस्तै, समूह चरणका तीन खेलमध्ये दुईमा विजयी भएको यूएई एक खेलमा भने पराजित भएको थियो । समूह ‘ए’ बाट आयरल्यान्ड समूह विजेता बन्दै सेमिफाइनल प्रवेश हो ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल र यूएईबीच भएको पछिल्लो चार टी-२० भेटमा दुबै टोलीले समान दुई खेलमा जित निकालेका छन् । यद्यपि, हालै ग्लोबल छनोटको तयारीका लागि खेलिएको खेलमा नेपाल यूएईसँग २५ रनले पराजित भएको थियो ।

यस अघि सन् २०१९ मा भएको तीन भेटमा भने नेपाल दुई पटक विजयी हुँदा यूएई एक पटक जित निकाल्न सफल भएको थियो ।

नेपालले यूएईलाई फेब्रुअरी १ र ३ मा भएको भेटमा क्रमशस् ४ विकेट र १४ रनले पराजित गरेको थियो । यता, ३१ जनवरीमा भएको खेलमा यूएई ३१ रनको विजयी भएको थियो ।

कप्तान सन्दीप दुबै टोली एक अर्काविरुद्ध जानकार रहेको र यूएईविरुद्ध खेलाडी मानसिक रुपमा समेत तयारी भएको बताउछन् ।

फाइनल प्रबेश गर्ने टोली आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-२० विश्वकप खेल्न पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?