विश्वकपः ब्राजिललाई खेल जित्नै पर्ने दबाव, नेयमार फिट हुनेमा शंका

रसिया । फुटबलको महाकुम्भ फिफा विश्वकप फुटबल अन्तर्गत आज साँझ हुने पहिलो खेलमा ब्राजिलले कोस्टारिकाको सामना गर्दैछ । 

यि दुई टिमविचको खेल सेन्ट पिटसवर्ग स्टेडियममा नेपाली समयअनुसार ५ः४५ बजेपछि सुरु हुदैछ । पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई रसिया विश्वकपको सबैभन्दा बलियो उपाधी दाबेदारको रुपमा हेरिएको छ ।

तर समूह चरणको पहिलो खेलमा स्वीट्जरल्याण्डसँग १—१ गोलको बराबरी खेलेसँगै ब्राजिलको पहिलो विश्वकप यात्रा सुखद हुन सकेन् । कोष्टारिकाविरुद्ध हुने खेलमा आज ब्राजिल जितको खोजीमा हुनेछ । पहिलो खेलमा आशा गरिए अनुसारको प्रदर्शन गर्न नसकेको ब्राजिल दोस्रो खेलमा उत्कृष्ट खेल देखाउन चाहान्छ ।

स्विट्जरल्यान्ड विरुद्धको खेलमा ब्राजिलको फिनिसिङ लाइन चुस्त थिएन । त्यही खेलमा स्टार फरवार्ड नेइमार घाइते हुँदा ब्राजिलियन टिममा निराशा छाएको थियो । तर नेइमार अहिले नियमित प्रशिक्षणमा फर्किएका छन् । गोलिगाँठोमा समस्या भएका नेयमार शतप्रतिशत भने फिट छैनन् ।

जसले आज हुने खेलमा ब्राजिलको टिममा प्रभाव पर्न सक्ने देखिन्छ । तालिकामा १ अंक मात्र जोडेको ब्राजिलले कोस्टारिकालाई पराजित गर्न सके नकआउट चरणमा प्रवेश गर्ने सम्भाबनालाई बलियो बनाउनेछ ।

यता कोस्टारिका पहिलो खेलमा सर्वियासँग १—० गोल अन्तरले पराजित हुदै अंक बिहिन भएको थियो । ब्राजिलले अहिलेसम्म कोष्टारिकासँग खेलेको १० मध्ये ९ खेलमा जित हासिल गरेको छ ।

सन् १९६० सम्पन्न खेलमा भने ब्राजिल कोष्टारिकासँग पराजित भएको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?