प्रभु इन्स्योरेन्सको ४६ प्रतिशत हकप्रद शेयर खुला

काठमाडौं । प्रभु इन्स्योरेन्सले शुक्रबारदेखि चुक्ता पूँजीको ४६ प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ । 

कम्पनीले ३१ लाख ६६ हजार ६ सय ७७ दशमलव ६३ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।

प्रभु इन्स्योरेन्सको हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको हो । शेयरधनीले धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सबै बैंक तथा वित्तीय संस्थाबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् । त्यसैगरि प्रभु क्यापिटलको कार्यालय कमलादीबाट पनि हकप्रदमा आवेदन गर्न पाइने व्यवस्था रहेको छ । साउन १० गते आवेदन दिन पाउने छ । 

हकप्रद निष्काशन गर्न प्रभु इन्स्योरेन्सले गत जेठ १४ गते शेयरधनी किताब बन्द गरेको थियो । यसअनुसार जेठ १३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् ।

इन्स्योरेन्सले धितोपत्र बोर्डबाट गत वैशाख २७ गते १० बराबर ४.६ कित्ता अनुपातमा ३१ लाख ६६ हजार ६ सय ७७.६३ कित्ता हकप्रद शेयर निष्कासन गर्न स्वीकृती प्राप्त गरेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी ६८ करोड ८४ लाख रहेको छ भने हकप्रद बिक्रीपछि प्रभुको चुक्ता पुँजी १ अर्ब ५० लाख ७५ हजार पुग्नेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?