रसिया। जारी फिफा विश्वकप अन्तर्गत आज राती समूह ‘इ’ मा रहेको सर्वियाले स्वीट्जरल्याण्डसँग भिड्दैछ ।
यि दुई टिमविचको खेल कलिनिङगार्ड स्टेडियममा नेपाली समयअनसार ११ः४५ बजेपछि सुरु हुदैछ । समूह चरणको पहिलो खेलमा कोस्टारिकालाई पराजित गदै महत्वपूर्ण ३ अंक जोडेको सर्विया स्वीट्जरल्याण्डलाई पराजित गदै नकआउट चरणमा प्रवेश गर्न चाहन्छ । यता स्वीट्जरल्याण्डले उपाधी दाबेदार ब्राजिललाई १–१ गोलको बराबरीमा रोक्दै अंक बाडेको थियो ।
आज हुने खेलमा स्वीट्जरल्याण्डले जित हात पारे अघिल्लो चरण प्रवेशको सम्भाबनालाई बलियो बनाउँनेछ । यसअघि सन् २००६ र २०१० को विश्वकपमा सर्विया समूह चरणबाटै बाहिरिएको थियो ।
कोस्टारिका विरुद्धको खेलमा गोल गदै सर्वियालाई जित दिलाएका अलेक्सन्दर कोलारोभले आज राती हुने खेलमा बराबरीको रणनिती बनाउँदै मैदानमा उत्रने बताए । ब्राजिललाई बराबरीमा रोक्दै मनोबल उच्च बनाएको स्वीट्जरल्याण्ड जितको खोजीमा हुनेछ ।
चोटग्रस्त भालेन बेहराम सर्विया विरुद्धको खेलमा मैदानमा उत्रन् सक्ने प्रशिक्षक म्लादेन क्राष्टाजिचले बताए । सर्विया स्वतन्त्र राष्ट्र बनेपछि स्वीट्जरल्याण्डसँग पहिलो पटक आमने—सामने हुन लागेको हो ।
स्वीट्जरल्याण्डले पछिल्लोे २३ खेलमा १६ खेलमा जित र ६मा बराबरी गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया