रसिया। २१ औ संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत आज राती हुने समूह ‘डि’ को खेलमा नाइजेरिया र आइसल्याण्ड आमने—सामने हुदैछ ।
भाल्गोग्राड एरिनामा हुने दुई टिमविचको खेल नेपाली समयअनुसार आज राती ८ः४५ बजेपछि सुरु हुदैछ । समूहको पहिलो खेलमा क्रोएसियासँग पराजय भएको नाइजेरिया आइसल्याण्डलाई हराउँन चाहन्छ । नाइजेरिया क्रोएसियासँग २—० गोल अन्तरले पराजित भएपछि महत्वपूर्ण ३ अंक गुमाएको थियो । यता पूर्व विश्व च्याम्पियन अर्जेन्टिनासँग १—१ को बराबरी खेलको आइसल्याण्ड जितको खोजीमा हुनेछ ।
नाइजेरिया विरुद्धको खेलमा जित दर्ता गराए आइसल्याण्डको नकआउट चरणमा पुग्ने सम्भाबना प्रबल रहनेछ । आइसल्याण्डले आजको खेल जिते अर्जेन्टिना प्रतियोगिताको समूह चरणबाटै बाहिरिने पक्का पक्की हुनेछ । अर्जेन्टिना नकआउटमा पुग्न आइसल्यान्डले अंक गुमाउने पर्ने समिकरण छ ।
नाइजेरिया र आइसल्यान्डबीचको खेल बराबरीमा सकिए अर्जेन्टिनालाई फाइदा पुग्नेछ । त्यसका लागि अर्जेन्टिनाले अन्तिम खेलमा नाइजेरियालाई फराकिलो अन्तरले पराजित गरेर मात्र पुग्दैन आइसल्यान्डलाई क्रोएसियाले पराजित गर्नु पर्नेछ ।
अर्जेन्टिनाका स्टार लिओनल मेस्सीको पेनाल्टी रोकेका आइसल्यान्डका गोलकिपर उत्कृष्ट छन् । त्यस्तै पहिलो खेलमा बलियो टिमविरुद्ध अंक बाडेको आइसल्याण्ड टिमको मनोबल उच्च रहेको छ । पहिलो खेलमा बेहोरेको हारका कारण नाइजेरियालाई दोस्रो चरणको आशा कायम राख्न जित हात पर्ने अवस्था छ ।
हारले नाइजेरिया प्रतियोगिताबाट बाहिरिनेछ । त्यसैले आइसल्यान्ड विरुद्ध नाइजेरिया आक्रमक रुपमा मैदानमा उत्रदैछ । नाइजेरियाले विश्वकपमा अहिलेसम्म खेलको १३ खेल मध्ये १ मा जित, ९ मा हार र ३ खेलमा बराबरी खेलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया